१ असोज २०८१, मङ्गलबार

नेपालको सहकारी अभियानका प्रमुख ऐतिहासिक घटनाहरु

२०७६ माघ ९, बिहिबार
नेपालको सहकारी अभियानका प्रमुख ऐतिहासिक घटनाहरु

२०१० : योजना विकासका लागि कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना ।

२०१३ : नेपाल सरकारद्धारा कार्यकारिणी आदेश मार्फत सहकारी संस्था गठनको प्रारम्भ भई सर्वप्रथम चितवन जिल्लामा बखान ऋण सहकारी समितिको गठन ।

२०१६ : सहकारी संस्था ऐन, २०१६ जारी ।

२०१८ : सहकारी संस्था नियम, २०१८ जारी ।

२०१९ : सहकारी प्रशिक्षण केन्द्रको स्थापना ।

  • सहकारी बैंक ऐन, २०१९ जारी ।

२०२४ : सहकारी बैंक कृषि विकास बैंकमा परिणत ।

२०२७ : सहकारी संस्था ऐन, २०१६ मा दोस्रो संशोधन ।

२०२८ : सहकारी संस्था नियमहरु, २०१८ मा प्रथम संसोधन ।

२०३३ : सहकारी संस्था नियमहरु, २०१८ मा दोस्रो संसोधन ।

  • अनिवार्य बचत साझा संस्थाको शेयरमा परिणत ।

२०३४ : साझा संस्था प्रशासन तथा आर्थिक नियम, २०३४ को व्यवस्था ।

२०४१ : साझा संस्था ऐन, २०४१ जारी ।

२०४३ : साझा संस्था नियमहरु, २०४३ जारी ।

२०४५ : अनिवार्य बचत रकम बचतकर्तालाई फिर्ता गर्ने घोषणा ।

२०४७ : सहकारी महासंघ परामर्श समिति गठन ।

२०४८ : साझा केन्द्रीय कार्यालय विघटन ।

  • राष्ट्रिय सहकारी विकास बोर्ड तदर्थ रुपमा गठन

२०४९
सहकारी ऐन, २०४८ जारी
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन,२०४९जारी ।
सहकारी नियमावली २०४९ जारी ।

२०५० : राष्ट्रिय सहकारी संघ गठन ।

२०५४ : राष्ट्रिय सहकारी संघलाई अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यता प्राप्त ।

२०५७ : कृषि मन्त्रालयमा सहकारी समेत थप गरी कृषि तथा सहकारी मन्त्रालय भएको ।

  • सहकारी ऐन, २०४८ को दफा २६ मा प्रथम संशोधन भई सहकारी बैंक स्थापना गर्न सक्ने प्रावधान राखिएको ।
    २०५८
  • एशिया तथा प्रशान्त क्षेत्रका सहकारी सहकारी मन्त्रीहरुको छैटौं सम्मेलन काठमान्डौमा सम्पन्न ।

२०६० : राष्ट्रिय सहकारी बैंक स्थापना ।

  • कृषि सहकारीको विकासका लागि सञ्जाल (NEDAC)को सातौं साधारण सभा काठमाण्डौंमा सम्पन्न ।

२०६३ : नेपालको अन्तरिम संविधान २०६३ मा सरकारी, सहकारी र निजी क्षेत्रलाई आर्थिक विकासको आधार स्तम्भको रुपमा अवलम्वन ।
– सहकारी सुवर्ण महोत्सव वर्ष २०६३ सम्पन्न ।

२०६९ : सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना ।

  • राष्ट्रिय सहकारी नीति २०६९ जारी २०७० राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न ।

२०७२ : नेपालको संविधानमा सार्वजनिक,निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने व्यवस्था ।

२०७३ : कृषि सहकारीको विकास सञ्जाल (NEDAC) को साधारण सभा एवं गोष्ठी काठमाडौंमा सम्पन्न ।

२०७४ : नेपालको सहकारी क्षेत्रको दीर्घकालिन योजना २०७४/०७५–२०९३/०९४ को मस्यौदा बोर्डबाट तयारी गरी नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पेश गरेको ।

२०७४ : सहकारी ऐन २०७४ जारी ।

२०७४ : दोश्रो सहकारी महासम्मेलन

२०७५ : सहकारी नियमावली २०७५ जारी

अभिलेख

लोकप्रिय