
कञ्चनपुर, ४ पुस । कञ्चनपुर जिल्लामा रहेका ३२४ सहकारी संस्थाको कुल निक्षेप रु ३५ करोड ४० लाख ४० हजार पुगेको छ ।
यो गत आवको तुलनामा १० प्रतिशतले बढी हो । गत आवमा यहाँ दर्ता रहेका २१२ सहकारी संस्थाको कुल निक्षेप रु ३१ करोड ८६ लाख ३६ हजार रहेको थियो ।
सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका सहकारी निरीक्षक बहादुर चन्दका अनुसार ५० बचत तथा ऋण सहकारी संस्थाको निक्षेप रु १४ करोड १३ लाख २८ हजार, ३९ बहुउद्देश्यीय सहकारीको रु १३ करोड ३८ लाख २७ हजार, १३७ कृषि सहकारीको रु पाँच करोड ३९ लाख एक हजार र ११ दुग्ध सहकारी संस्थाको रु पाँच हजार निक्षेप रहेको छ ।
यसैगरी, उपभोक्तामा आधारित ५ सहकारीको रु दुई करोड ४२ लाख चार हजार, ६५ विद्युत् सहकारीको रु ६४ लाख २० हजार र अन्य १६ वटाको रु १६ लाख ४१ हजार निक्षेप रहेको छ ।
सहकारी संस्थाहरूको कुल सेयर पुँजी रु २६ करोड ९५ लाख ४४ हजार रहेको छ ।
सहकारीमा आबद्ध सदस्यहरूको जीविकोपार्जनमा टेवा पुर्याउन कृषि, लघु उद्यम, वैदेशिक रोजगार, पशुपक्षी पालन, किराना पसल र घुम्ती व्यापार सञ्चालनमा निक्षेप रकम परिचालन हुँदै आएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार