तरलताका कारण सहकारीमा समस्या अाउन नदिन सहकारी बैंक पछाडीबाट सहयोग गर्छ

राष्ट्रिय सहकारी बैंकको वर्तमान अवस्था कस्तो छ ?
सकारात्मक नै छ कारोबार सेयर र नेटवर्कको हिसाबले । यस्तै शाखा विस्तार हुने क्रम बढेको । स्थापना कालदेखिको अवस्थालाई नियाल्ने हो भने सकारात्मक रुपमा रहेको छ ।
बैंकको पुँजीगत संरचना कस्तो छ ?
शेयर पुँजी असार मसान्त सम्म ६४ अर्ब पुर्याउने योजना छ । पोर्टफोलियो पनि करिब ७ अर्ब जति भएको छ । यो हिसाबले बैंकको पूँजीगत संरचना सन्तोशजनक मान्न सकिन्छ ।
बैंकको समस्या र चुनौती के के छन् ?
समस्या खासै छैन । नयाँ नयाँ टेक्नोलोजिहरु आएका छन् । सहकारी बैंकको नेटवर्क वस्तार गर्न र सबै बैंकिङ काम पूरा गर्नका लागि छुट्टै सहकारी बैंक ऐन आवश्यक छ । खास गरि उत्पादन क्षेत्रमा सहकारीलाई कसरी केन्द्रीत गर्न सकिन्छ भन्ने विष बैकलाई चुनौती छ । अहिले हामीले गरिबी निवारण संघसम्बन्धित कार्यक्रम सहकारी बैंकमार्फत परिचालन हुनका लागि हामीले जोड दिइरहेका छौ । सबै सहकारी संघ संस्था बैंकमा आबद्ध हुँदै जाने वातावरणका लागि र थप बैंकिङ कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकसँग थप स्वीकृति लिई अघि बढ्ने र सदस्यलाई सरल र सहज रुपमा सेवा दिने चुनौती रहेका छन् ।
समस्यामा रहेका सहकारी संस्थाहरुलाई बैंकले कस्तो सहयोग गरेको छ ?
अहिले जुन समस्या देखिएको छ । त्यो समस्या आउन नदिनका लागि हाम्रो पहलमा केही भए पनि समाधान भएको छ । जस्तो सञ्चालकहरुमा अन्र्तरद्धन्द्ध कुनै चै गलत सन्देशका कारण बन्द भएका सहकारीहरुको अनगिन्ती उदाहरण छन् । तरलताका कारण सहकारीमा समस्या अाउन नदिन सहकारी बैंक पछाडी बाट सहयोग गर्छ । समस्या आयो भने हामी सहयोग गर्छौँ ।
बैकले कर्जा लागानी गरेका सहकारीबाट कर्जा नउठेकाले पनि बैकमा समस्या छ भन्ने छ नि ?
कर्जा केही ढिलो उठ्नु यो नियमीत प्रकृया हो । चाहे त्यो सहकारी होस या बैंक फाईनान्स जे भने पनि कर्जा उठाउन ताकेता गर्नै पर्छ । समयमा किस्ता बुझाउने ट्रेन कम भएकाले पनि बैकले ताकेता गर्नु पर्ने बाध्यता रहेको हो । यो समस्या हो । एक हजार सहकारीमा १०, २० सहकारीको कर्जा समयमा आएन भन्दैमा समस्या भन्न मिल्छ र ? त्यसलाई त तकेता गरेर ट्रयाकमा ल्याउने हो ।
कर्जा नतिर्ने सहकारी केही बन्द भए अहिले खोज्दा भेट्न नसक्ने अबस्थामा पनि छन ?
हैन , हामीले ति सहकारीलाई कर्जा दिदा धितो राखेर मात्र कर्जा दिएका छौ । ति सहकारीबाट सजिलै कर्जा उठ्छ । हामीले ऋण लगानी गरेका सहकारीहरु मध्ये एउटा पनि सहकारीबाट ऋण उठ्दैन भन्ने अबस्था छैन । उहाँहरुको धितो प्रयाप्त छ । आउदै नआउने अबस्था छैन ।
सहकारी बैंक सख्यात्मक रुपमा शाखा बढी भए गुणात्मक कार्य भएनन भन्ने आरोप छ नि ?
हाम्रो काम बैंकिङ कार्य गर्ने हो । यो नगदको काम हामीले नै गर्ने हो । अब कुरा रहयो सहकारी संस्थाहरुको प्रमोस्नलको काम । यो काम संघहरुले गर्नु पर्छ । बैंकको गुणात्मक काम भनेको पैसा लिने र दिने नै बढी हुन्छ नि । मुख्य काम नै हो । बिस्तारै हामीले तालिमको काम अघि बढाइरहेका छौ । नयाँ नयाँ टेक्नोलोजि प्रयोग गर्ने काम गर्दै छौ ।
सहकारी बैंकलाई त नियामक निकाय बनाउने चर्चा पनि त छ नि ?
यहाँ समस्या छ । नियामक निकाय बन्ने भए बिज्नेस गर्नुभएन । बिज््नस र नियमन एकै चोटी गर्छु भन्दा हुदो रहेन छ । नियामक निकाय भए पछि त स्रोतमा अर्काको भर पर्नु पर्छ । होला हाम्रा सदस्यहरुबाट उठेको रकमले चल्ने अबस्था छैन । त्यस कारण हाम्रो प्रथामिकता बिजनेस नै हो भन्ने चहाना हो ।
सहकारी क्षेत्रको सुधार गर्न के गर्नु पर्ला ?
समस्याग्रस्त सहकारीहरुको समस्या समाधानका लागि जुन सक्रियता चाहिएको हो त्यो हुन सकेको छैन । जस्तो गुण ओरन्टल जस्ता सहकारीबाट निक्षेप कर्ता जसरी ठगिए तिनिहरुको समस्या कसरी गर्ने भन्ने बारेमा उपाय अबलम्बन गरेको देखिदैन । उसले कहाँ कहाँ लगानी गरेको छ । धितो ठाँउमा कस्तो छ । लगानी गरेको ठाउमा कस्तो समस्या आएर रोकीयो । यसलाई सरकार, सहकारी क्षेत्र र गैह्र सहकारी क्षेत्रले कस्तो पहल गर्ने त्यो ढंगको काम हुन सकेको छैन । के के समस्या हो त्यो समस्या पहिचान गरेर मात्र राज्यलाई हस्तान्तरण गर्ने काम विगतमा भयो । स्वनियम प्रणाली लाई विकास गर्ने सञ्चार क्षेत्रलाई प्रभाकारी बनाउन पर्छ । त्यस्तै एनमा परिमार्जन गर्ने लगायता कार्यहरु गरिनु पर्छ ।
कार्यकारी र सञ्चालक एकै भएकाले पनि समस्या आयो नि हैन ?
राष्ट बैंकले पनि बैकमा कार्यकारी अध्यक्ष र सञ्चालक एकै रहनु हुदैन भन्ने जुन कुरा ल्यायो त्यो सकारात्मक नै छ । कार्यकारी र सञ्चालक एकै व्यक्ती नरहने जुन प्रावधान लागु गर्ने प्रयास भएको छ । यसैको कारणले समस्या आएको हुदै होइन । बिस्तारै एउटा सिस्टममा रहेर मात्र लागु गर्नु पर्छ एकै चोटी लागु गर्दा ७५ देखि ८० प्रतिशत सहकारीमा समस्या आउछ ।
समस्या समाधान गर्न सहकारी संघहरुको भूमिका देखिएन ?
आफ्ना सदस्यलाई सुदृण गर्ने र समस्या आउन नदिने तर्फ संघले पहल गर्नु पर्छ । हामीले जिल्ला संघमा पनि यो कार्यलाई क्रमश अघि बढ्ने भन्ने तर्फ काम गरेका छौ । एकिकरण लगायतका गुणात्मक रुपले विकास गदै लैजानु पर्छ भन्ने कार्यलाई अभियानको रुपमा लाने तयारीमा छौ । तर एकिरणमा लैजान राज्यले प्याकेज ल्याउनु पर्नु । यति बर्ष सम्म कर नलाग्ने भन्ने घोषण गरोस सहरमा मर्जरको लहर आउछ । मर्जरको फाइदा नहुदा बेफाइदा के , किन मर्जर हुने भन्ने बिषयमा सचेतन कार्यक्रम नआएकाले पनि काम भएन ।
अन्त्यमा , बैंकको भावी योजना के छ ?
बैंकिङ कारोबार अझ बढी बढाउने, शाखा विस्तार गर्ने, सेयर पुँजी वृद्धि, सहकारी संघ–संस्था प्रवर्धनमा वृद्धि, जनचेतना तथा शिक्षाका कार्यक्रमलाई अगाडि बढाउने योजना छ । नीति निर्माण्ँमा पनि बैंकको सहयोग हुनेछ ।
केबी उप्रेती सहकारी आन्दोलनका अगुवाका रूपमा स्थापित नाम हो । लामो समयदेखि सहकारी संघ संस्थामा क्रियाशील उनी सहकारी बैंकका प्रबन्ध सञ्चालकका साथै जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्षसमेत हुन् । २५ असार ०६० मा दर्ता भई १९ साउन ०६१ बाट कारोबार थालेको सहकारी क्षेत्रको सशक्त र सबैभन्दा ठूलो वित्तीय संस्थाका रूपमा सहकारी बैंक रहेको छ । नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक संस्थाको आबद्धता रहेको सहकारी क्षेत्रको एक मात्र बैंक हो । सहकारीको केन्द्रीय बैंक बनाउन, सहकारी ऐन ल्याउन सहकारी बैक क्रियाशील छ । सोहीसम्बन्धमा सहकारी बैंक, सहकारी क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे सहकारी खबरले गरेको कुराकानी
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
१२ आश्विन २०८०, शुक्रबार
६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार