१० कार्तिक २०७८, बुधबार

टाँडीमा सहकारी बैंकको शाखा

२३ माघ २०७७, शुक्रबार
टाँडीमा सहकारी बैंकको शाखा

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चितवनको टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी बैधले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेय र बैंकका संचालक ज्ञान बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंकले थम २४ ओटा शाखा संचालनको अनुमती दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो । बैंकमा हाल १२ हजार ६ सय १२ सहकारी संघ÷संस्थाहरु सदस्य रहेकाछन् ।

अभिलेख

लोकप्रिय