२१ जेष्ठ २०७७, बुधबार

जेष्ट आइडियोलोजी सहकारीको दोस्रो सेवा केन्द्र काँडाघारीमा

२४ कार्तिक २०७६, आईतवार
जेष्ट आइडियोलोजी सहकारीको दोस्रो सेवा केन्द्र काँडाघारीमा

काठमाडौं, २४ कात्तिक

जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाको यो दोस्रो सेवाकेन्द्र हो । न्यूरोडमा केन्द्रिय कार्यालय र पहिलो सेवाकेन्द्र मैतीदेवीमा रहेको छ ।

काँडाघारी सेवा केन्द्रको उद्घाटन शनिबार (२३ गते) कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया र सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा गरेका हुन् ।

सेवाकेन्द्र उद्घाटनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

गत आर्थिक वर्षमा संस्थाले ९५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको थियो । सोही आर्थिक वर्षमा संस्थाले एक अर्ब ३८ करोड कारोबर गरेको थियो ।

जेष्ट आइडियोलोजी सहकारीले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय कार्यमा ध्यान दिदै आएको संस्थाका सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले बताए ।

अभिलेख

लोकप्रिय