
काठमाडौ । काठमाडौ जिल्लामा दर्ता भएका सहकारी संस्थाहरु मध्ये झन्डै १५ सय प्रारम्भिक सहकारी संस्थाहरुले साधारण सभा गरेको डिभिजन सहकारी कार्यलय काठमाडौले जानकारी दिएको छ । ४ हजार सहकारी संस्था मध्ये झन्डै २५ सय सहकारी संस्थाले मंसिर मसान्त सम्म पनि साधारण सभा गरेका छैनन ।
सामान्यतया नियमित वार्षिक साधारणसभा प्रारम्भिक सहकारी संस्थाहरुले असोज महिना भित्र गरि सक्ने कानुनी व्ययवस्था रहेको डिभिजन सहकारी कार्यलयका सहकारी अधिकृत कृष्ण प्रसाद शर्माले जनाकारी दिनुभयो । अधिकृत शर्माले भन्नुभयो –कतीले साधारण सभाको प्रतिवेदन समयमै नबुझाउने समस्या रहेको छ । साधारणसभा सहकारीको सर्वोच्च मञ्च हो । सभाले नै पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋणनीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै, कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण पनि साधारणसभाबाटै गर्नुपर्ने व्यवस्था रहेको सहकारी अधिकृत शर्माले जानकारी दिनुभयो ।
सहकारी संघ÷संस्था दर्ता, संचालन, लेखा परीक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०६८ले प्रारम्भिक सहकारी संस्थाले असोजभित्र, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारीले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सभामा १ हजारभन्दा बढी सेयर सदस्य भएका संस्थामा १० बराबर एक जना र एक जिल्लाभन्दा बढी कार्यक्षेत्र भएका संस्थामा भने १० प्रतिशत प्रतिनिधि सहभागी हुनुपर्ने व्यवस्था छ । मापदण्डमा नियमित साधारणसभा नगर्ने संस्थालाई सरकारबाट उपलब्ध हुने सेवा–सुविधाहरु नदिने व्यवस्था छ । त्यस्तै, दुई वर्ष साधारणसभा नगर्ने सहकारीलाई खारेज गर्ने व्यवस्था पनि गरिएको छ ।
दुई वर्ष भन्दा बढी अबधिसम्म वार्षिक साधारण सभा नगर्ने संघ संस्थाहरु निष्कृय संघ संस्थाहरुको सूचीमा समावेश गरिनेछ । यस्तो सूचीमा परेकाहरुको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पु¥याई दर्ता खारेज गरिन व्यवस्था मापदण्डमा गरिएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार