
काठमाडौं । ग्लोवल आईएमई बैंकले ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सको ‘द बैंकर’ पत्रिकाको निर्णायक मण्डलले ‘बैंक अफ दि इयर’ घोषणा गरेको हो । विश्वका विभिन्न बैकहरुले प्राप्त गरेको सफलतालाई आधार बनाएर हरेक बर्ष सो अवार्ड प्रदान गर्ने गर्छ ।
बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ ।
बिहिबार लण्डनको पार्क लेनस्थित होटल ईन्टरकन्टिनेन्टलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले सम्मान ग्रहण गरेका छन् । कार्यक्रममा विश्वका करिब १ सय ३० भन्दा बढी मुलुकका बैंकर्सहरुले सहभागिता रहेको थियो ।
अवार्ड पाउदा निकै खुशी लागेको अध्यक्ष ढकालले प्रतिक्रिया दिए । ढकालले यस्तो अवार्डले बित्तीय क्षेत्रमा काम गर्न थप हौसला प्रदान गर्ने बताउँदै ग्लोवल आईएमई बैकले निकट भनिष्यमा अष्ट्रेलियाबाट समेत आफ्नो सेवा सुरु गर्न लागेको जनाकारी दिए ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार