१६ मंसिर २०८०, शनिबार

कृष्णगंगा सहकारीद्धारा विद्यालयलाई शैक्षिक सामाग्री

२७ बैशाख २०७३, सोमबार
कृष्णगंगा सहकारीद्धारा विद्यालयलाई शैक्षिक सामाग्री

krishna ganga sahakariपर्वत । मिलनचोक स्थित कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाले फर्से धाईरीङ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको आठौ स्थापना दिवसको अवसर पारेर विद्यालयलाई पचास हजार रुपैया मूल्य बराबरको वायरलेस, मोवाईलबाट पनि प्रयोग गर्न सकिने प्रबिधि जडित एक थान प्रोजेक्टर सहयोग गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष यज्ञनाथ लामिछाने, विद्यालयका प्रअ मुकुन्द आचार्य, ऋण उपसमिति सदस्य रुद्रलाल उपाध्याय र सेयर सदस्य नारायणप्रसाद आचार्यले आफ्नो धारणा राखेका थिए ।

अभिलेख

लोकप्रिय