
डिल्लीप्रसाद सापकोटा
समाचार नपाएको खण्डमा प्रकाशन वा प्रसारण गरेर आपतको अबस्थामा खाली ठाउ भर्ने हिसाबले मात्रै सहकारी समाचार सम्पादकको महत्वमा रहेका छन् । यो तितो यर्थाथ हो ।
नेपालमा सहकारी पत्रकारिताको सुरुवात भएको लामो ईतिहास छैन । २०६२/०६३ को जनआन्दोलन पश्चात मात्रै थोर बहुत स्थान पाउन थालेको हो । बिशेष गरि सहकारी आन्दोलनका विभिन्न गतिविधिले समाचारमा स्थान पाउन थाल्नुको श्रेय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर प्रकाशन हुने पत्रपत्रिकालाई जान्छ ।
केही बर्ष आक्रमक ढंगले सहकारीका समाचार प्रकाशन र प्रसारण भए । अहिले यसको गति सुस्त छ । सहकारीको संख्यात्मक विकासमा तिब्रता देखिएपनि आमसञ्चारमा भने यो बिषय आक्रमक ढंगले प्रस्तुत हुन नसकेको भान हुन्छ । केही अनलाईन, दैनिक पत्रिका, टेलिभिजन लगायतका सञ्चारमाध्यमहरूले सहकारीको विकास र प्रबद्र्धनसँग जोडिएका विषयहरूमा कम मात्रामा समाचार, फिचर वा लेखहरू सम्प्रेषण गर्दै आएका छन् ।
संविधानमा सहकारीलाई आर्थिक विकासको एक सबल खम्बाको रुपमा व्याख्या गरे पनि यसले छु्ट्टै महत्व पाउन भने सकेको छैन । यस्तै केहि व्यक्तिगत पहलमा सहकारीलाई मात्रै आधार बनाएर स्थापना भएका सञ्चारमाध्यमले सहकारीबारे चाख लाग्दो खोज पत्रकारीताको विकास समेत गर्न सकेका छैनन् । सुरुवाती अवस्थामा सहकारी क्षेत्रले आमसञ्चार क्षेत्रमा महत्व र प्राथमिकता पाए पनि सहकारी अभियानको उदासिनताका कारण पनि गतिमा सुस्तता आएको हो ।
अर्को मुख्य पक्ष भनेको अन्य क्षेत्रमा जस्तो यो क्षेत्रमा विभिन्न अवसरहरु नपाउनु र याथास्थितीमै रमाउनुपर्ने बाध्यताका कारण पनि सुरुवातमा समाचार लेख्न सिकेपछि बिट परिर्वतन गर्ने पत्रकारहरुको संख्या समेत बढ्दै गएको छ ।
सहकारी आफैले आफैमा सिमित गरेर प्रकाशन गरेका समाग्रीहरु सदस्य वा आम जनताले कतिको सरल र सहज रुपमा बुझन पाउँछन भन्ने मुल प्रश्न हो ?
सहकारीका दिन हुने गतिविधीलाई सञ्चारमाध्यममा प्रवेश गराउन नचाहने र सहकारीको विकास र प्रवद्र्धनमा गर्ने सरोकारवालाहरुको कामलाई कोठे बैठक र कागज भन्दा बाहिर जान नदिने कारणले नै सहकारी विकासबारे गरेका कतिपय प्रतिवद्धता सिमित क्षेत्र भन्दा माथि उठ्न नसकेका हुन ।
सहकारी क्षेत्रका सकारात्मक तथा नकारात्मक समाचारमा टिप्पणी जनाउन नसक्नु सहकारी अभियानको कमजोरी हो । सहकारी आन्दोलनमा होमिएका अभियन्ताका सकारात्मक कुराको प्रशंसा गर्न पनि नचाहने र आलोचना सहन नसक्ने समुदायको रुपमा चिनाउँदै आएका छन् ।
यस्तै सहकारी आफैले प्रकाशन गरेका मुखपत्र, स्मारिकालाई मात्रै सुचना आदान प्रदानको माध्यम बनाउनु पनि एउटा कमजोरी हो । अर्को पक्ष भनेको प्रायोजित कार्यक्रमलाई मात्रै प्राथमिकता दिने आम सहकारीकर्मी र अभियन्ताको हठका कारण पनि हो । सहकारी आफैले आफैमा सिमित गरेर प्रकाशन गरेका समाग्रीहरु सदस्य वा आम जनताले कतिको सरल र सहज रुपमा बुझन पाउँछन भन्ने मुल प्रश्न हो ? यस्तै अभियानता सहकारी क्षेत्र आफुलाई सबल र सक्षम आर्थिक विकासको माध्यम माने पनि यसको विकासमा सञ्चार क्षेत्रमा गर्नु पर्ने लगानी गर्न सकेका छैनन ।
सञ्चार माध्यममा समेत सहकारीका मुद्दाहरुले प्राथमिकता पाउन नसक्दा सहकारी के हो भन्ने कुरा आम सर्वसाधारणले बुझन, जान्न पाएका छैनन । जति बैंक के हो र यसमा किन कारोबार गर्ने भन्ने बुझेका छन् । कुनै पनि गतिबिधिको प्रचार प्रसार गर्दा सहकारीका सदस्य र आम जनामानसमा कस्तो प्रभाव पार्छ भन्ने जानकारी नभएको भने पक्कै होईन ।
तर यो क्षेत्रलाई एक अनौपचारिक क्षेत्रमा मात्रै सिमित गर्ने प्रयास पनि सञ्चार क्षेत्रमा दरिलो सहभागिता हुन नसक्नु पनि एउटा पक्ष हो । अर्कोतिर निजी क्षेत्रका अखवार, एफएम. रेडियो र टेलिभिजनले सम्पादकीय निर्णय मार्फत विकासका मुद्दालाई समाचारकक्षमा विशेष महत्व नै दिएका छैनन् । समाचार नपाएको खण्डमा प्रकाशन वा प्रसारण गरेर आपतको अबस्थामा खाली ठाउ भर्ने हिसाबले मात्रै सहकारी समाचार सम्पादकको महत्वमा रहेका छन् । यो तितो यर्थाथ हो ।
निजी क्षेत्रका सञ्चारमाध्यमहरू सहकारीसँग जोडिएका विकास र प्रबद्र्धनका मुद्दाबारे या त नियमित रिपोर्टिङ गर्दैनन, गरे पनि संघसंस्थाहरूबाट आर्थिक, भौतिक वा प्राविधिक सहयोगको अपेक्षा राख्छन् । यसको कारण पनि आर्थिक विकासमा महत्वपुर्ण भूमिका राख्ने भनिएको सहकारी क्षेत्रको रिपोर्टिङ जनतामुखी बन्न सकेको छैन । बेला बखतमा सहकारीका सरोकारका बिषयमा सञ्चार क्षेत्रले विषयलाई छनोट गरि समाचार सम्प्रेषण गरेका छन । यद्यपि नियमित निगरानी र विश्लेषणात्मक प्रस्तुतिमा भने स्वयम पत्रकारहरू चुकेका छन् ।
त्यसैले यो क्षेत्रको विकास र प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका बढाउन बिशेष गरि सरोकारवाला निकायहरुको समन्वयलाई ध्यान दिइनु जरुरी छ । खास गरि सहकारी क्षेत्रका समसामयिक बिषय बस्तुमा नियमित अन्र्तक्रिया र मन्थन आवश्यक छ ।
यो मन्थनको लागि विधागत क्षेत्रमा कलम चलाउने पत्रकारहरु सहभागि रहेको संस्थाहरुले पुलको रुपमा काम गर्न सक्छन । यस्तै अर्को पक्ष भनेको सहकारी क्षेत्रमा आउन सकारात्मक गतिविधीलाई प्रोत्साहन गर्न पुरस्कार र सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई तालिम, भ्रमण र विभिन्न अनुुसन्धानात्मक कार्यमा बढी से बढी सहभागिता गराउन सके सहकारी आन्दोलन र सहकारी पत्रकारीता दुबैको विकासमा टेवा पुग्ने निश्चित छ ।
(लेखक नेपाल सहकारी पत्रकार समाज(सिजेएन)का अध्यक्ष हुन्)
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार