उपभोक्ता सहकारी संघका अध्यक्ष र उपाध्यक्षलाई कार्यभार सम्हाल्न अदालतको अनुमती

भारत । भारतको राष्ट्रिय उपभोक्ता सहकारी संघ (एनसीसीएफ) का अध्यक्ष विजेन्द्र सिंह र उपाध्यक्ष विरेन्द्र सिंहलाई कार्यभार सम्हाल्न दिल्लीको उच्च अदाललतले अनुमती दिएको छ । केन्द्रीय सरकारको आदेश खारेज गरी अदालतले अनुमती दिएको हो ।
अध्यक्ष र उपाध्यक्षको चुनावमा संघका निर्देशक विजय कुमार सिंहले व्यापक अनियमितता गरेको केन्द्रीय सरकारमा उजुरी परेको थियो । उच्च अदालतले यो प्रकणलाई सक्षम व्यक्तिबाट अनुसन्धान हुनुपर्ने महशुुुस गरेको थियो ।
नयाँ दिल्ली स्थित प्रिया उपभोक्ता सहकारी पसल र मुंबई स्थित जनता केन्द्रीय सहकारी पसलका प्रतिनिधि विजेन्द्र सिंह र विरेन्द्र सिंह संघको उपनियम ५ (सि) र २५ (अ) को धारा विपरित गरेको आरोप लागेको थियो । संघको निर्देशक मण्डलको चुनाव पनि सही ढंगले नगरेको उनीहरुलाई आरोप लागेको थियो ।
भारतीय सहकारीता अनलाईनसंग कुरा गर्दै अध्यक्ष सिंहले भने, ‘यो नै ठीक हो, कार्यभार सम्हाल्न अधिल्लो आइतबार गएको थिए । संघको विनियमको धारा १२२ र १२३ मा अध्यक्ष र उपाध्यक्षको चुनावका लागि अनुमती छैन । बोर्डले मात्रै हटाउन सक्छ ।’
संघका अध्यक्ष र उपाध्यक्षको निर्वाचित भएपछि प्रशासनमा पनि नियुक्ति गरेको थियो । संघका अध्यक्षले भने, ‘यो मामलामा सामान्य निकायले नै सक्षम प्राधिकारी हो । यो निर्णयको सम्मान गर्छु ।’
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार