१३ बैशाख २०८१, बिहीबार

इमान्दारीता र पारदर्शिता सहकारीको आधार

३१ बैशाख २०७१, बुधबार
इमान्दारीता र पारदर्शिता सहकारीको आधार

– बिष्णु प्रसाद सुबेदी

आर्थिक प्रणालीको विश्वास र सामाजिक प्रतिष्ठा आर्जन गर्न सहयोग पु¥याउने माध्यमको रुपमा सहकारी अवधारणले विश्वव्यापी रुपमा मान्यता पाएको छ । वेलायतलाई सहकारीको जननीका रुपमा मानिन्छ जहा“ सहकारी शुरुवात सन १९४४ वाट भएको पाईन्छ ।
एकका लागि सबै र सबैका लागि एक भन्ने आदर्शलाई सहकारीले आत्मसाथ गर्दै एउटा डोरी चुडाउन सकिन्छ धेरै डोरावाट वनाएको वलियो हुन्छ । आर्थिक क्षेत्रमा सहकारीलाई धरिलो अर्थतन्त्रको आधार स्तव्भका रुपमा मान्न सकिन्छ, सहकारी समुदाय केन्द्रित व्यवसायका रुपमा मानि गाँउ शहरमा सहकारी घर घरमा रोजगारी सहकारीको उपयोगी सन्देश हो अर्थात समुदाय केन्द्रिय व्यवसायका रुपमा सहकारीतालाई लिन सकिन्छ । यिनै अवधारणलाई आधार मानी संस्थागत रुपमा २०१३ चैत्र २० देखि नेपालमा सहकारीको शुरुवात ‘गा“उ गा“उमा सहकारी घर घरमा रोजगारी’ भन्ने मान्यता अनुसार भएको पाइन्छ ।
सहकारीका सदस्य सक्रिय हुन्छन् सक्षम नेता उचित अभ्यासहरु अवलम्वन समूदायमा सकारात्मक छवि स्थापना गरि उत्तम अभ्यास अनुसार सहकारी संस्थाहरु सञ्चालन गर्नु सामाजिक बहिस्करणमा परेका समुहलाई समावेश गर्नु तथा असल छवि स्थापना गनु र समूदायको स्वीकार्यता हासिल गर्ने संस्थामा शुशासन सामुदायिक स्वामित्व र व्यवस्थापन चिरस्थायी र दिगो विकासको लागि सहकारी ज्यादै आवश्यक छ । सहकारीमा सबै बराबर हुन्छन त्यहा कोहि बलियो र कमजोर हुदैन । सहकारीको माधुर्यता यहि हो भन्ने भनाई सहित सहकारी मार्पmत गरिव जनता आत्मनिभर तर्पm उन्मुख हुन्छन् परमुखी सोच होइन आत्मसहयोगी जिम्मेवारीत्व लिन दिन सक्ने, सहकारी क्षेत्रलाई प्रजातन्त्रको पाठशालाका रुपमा विकसित देशहरुले मान्नु, भेदभाव रहित व्यवहार, शोषण विहिन आर्थिक सम्वन्ध, एकता माथिको विश्वास, कसैलाइ नछल्ने नझुक्याउने र भएका गरेका कारोवारहरु पारदर्शिता, खुलापन सदस्यता लिने र त्याग गर्न सक्ने सम्पूर्ण अधिकार सदस्यमा रहने, सामाजिक जिम्मेवारी पुरा गर्न सक्ने, आपसी सहयोग आदन प्रदान गरि समस्याको समाधान गर्नु सहकारीको मुल मन्त्र हो । यि कुरालाई सहकारी संस्थाका सञ्चालक र सदस्यले आत्मसाथ गर्न जरुरी छ ।
सहकारीका मुल्यहरु विश्वास हुन भने मान्यता आचारण हो सहकारीमा विश्वासीलो आचारण भएकाले सञ्चालकको भूमिका निर्वाह गर्नु पर्छ । सञ्चालक सधै निष्पक्ष इमानदार र पारदर्शी हुनु पर्छ । त्यसका लागि सञ्चालकले आफ्नो संस्थाको सबै कारोवार आफ्ना शेयर सदस्यको आ“खाको अगाडि गर्नु पर्छ । सदस्यले पनि संस्था प्रति सकारात्मक भई मेरो संस्थामा केहि योगदान गरौ भन्नुपर्ने हुन्छ र सहि सुझाव दिनु पर्छ । सदस्य सक्रिय हुन जरुरी छ ।
सञ्चालक विश्वास योग्य र निर्दिष्ट, आचारण भएको, सदस्यहरुको भावना बुझ्ने, संस्थाको उद्देश्य र कार्यहरुको राम्रो ज्ञान भएको, उद्देश्य प्राप्तीका लागि कार्यहरु तोकी प्राथमिकता निर्धारण गर्ने, व्यवशायिक दृष्टि भएको र नयाँ शीप तथा प्रविधि सिक्ने तीव्र इच्छा राख्ने, आफ्नोे व्यवसायिक कार्यमा निरन्तर संलग्न रहेको, संस्थाको हरेक क्रियाकलापलाई आफ्नै ठाक्ने र सक्रिय सहभागी वन्ने, समय दिन सक्ने तथा संस्था र सदस्यहरुको हितमा लागिपर्ने, प्रत्येक सूचना सदस्यहरुलाई दिने र व्यवशायिक हितका लागि आवश्यक परेमा गोप्य राख्न सक्ने, संस्था संचालन बिषयमा राम्रो ज्ञान भएको, आफ्नो र सदस्यहरुको काम कर्तव्य र अधिकार वुझेको र सम्झाउन सक्ने, सदस्यहरुको कुरा सुन्ने र उनीहरुको भावनालाई कदर गर्ने, आफ्नो र सदस्यहरुको काम कर्तव्य र अधिकार बुझेको र सम्झाउन सक्ने, सदस्यहरुको कुरा सुन्ने र उनीहरुको भावनालाई कदर गर्ने, आफ्नो जिम्मेवारी वहन गर्न सधै तत्पर रहने, बहुमतको कदर गरि सामुहिक निर्णयमा कार्य गर्न सक्ने, संस्थाको बिषयमा उठ््ने प्रत्येक सवालहरुलाई खुला हृदयले सोच्ने वहस गर्ने र निचोड निकाल्न सक्ने, सदस्यहरुलाई संस्थाको व्यवशायिक क्रियाकलाप र सामाजिक उत्थानमा नेतृत्व दिन सक्ने, इमान्दार र निष्पक्ष, ऐन, नियम र बिनियमको राम्रो ज्ञान भएको, सदस्य एवं अन्य व्यक्तिलाई शोषण नगर्ने, सहकारीलाई राजनीति कारण नगर्ने, सामाजिक मान प्रतिष्ठा भएको आदि आचरणगत रुपमा राम्रो भएका सचालकहरुले संस्थाका लागि सहकारी ऐन २०४८ नियमावली २०४९ तथा संस्थाको विनियमको आधारमा देहाय वमोजिम संचालक समितिको काम, कर्तव्य र अधिकार हुन्छ । साधारण सभाले पारित गरेको नीतिहरुलाई सकृयतापूर्वक कार्यान्वयन गर्ने, सक्षम निकायहरुलाइ नै संचालन समिति भनिन्छ ।
संचालक समितिले सहकारी सिद्धान्त ऐन, नियम, विनियम एवं परिपत्रहरुको पूर्ण पालना गर्ने गराउने, कर्मचारी, सल्लाहकार एवं उप–समितिहरु नियुक्त गर्ने, कर्मचारी प्रशासन नियमावली तथा आर्थिक प्रशासन नियमावली साधारण सभावाट पारित गराई लागु गर्ने, अध्यक्ष वाहेक संचालक समिति वा सदस्यहरुको राजीनामा स्वीकृत गर्ने, संस्थाको वार्षिक कार्यक्रम तथा वजेट वनाई साधारण सभामा पेश गरि स्वीकृत कार्यक्रम अनुरुप कार्य संचालन गर्न गराउने, लेखापरिक्षण गराई सोको प्रतिवेदन साधारण सभामा पेश गर्ने, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गर्ने, बाह्य सहयोग स्वीकार गर्ने, साधारण सभा वोलाउने, संस्थाको चल, अचल सम्पति खरिद विक्री गर्ने, वा प्राप्त गर्ने हस्तान्तरण गर्ने र सुरक्षाको व्यवस्था मिलाउने, संस्थाको कार्य संचालनको सम्पूर्ण कार्यहरु गर्ने गराउने आदि कार्यका लागि वृहत अभ्यास गरि कार्य गर्नु आवश्यक छ साथै संस्थाको आन्तरिक लेखा परिक्षण गर्नको लागि ३(तिन) सदस्य लेखा समितिका पदाधिकारीहरुमा हुनु पर्ने गुणहरु यस प्रकार हुन जरुरी छ । पढेलेखेको लेखा सम्वन्धि ज्ञान र सीप भएको व्यक्ति, इमान्दार र निप्पक्ष काम गर्न सक्ने, समय दिन सक्ने, आर्थिक प्रशासन ऐन र सहकारी ऐन, नियमावली र विनियमको ज्ञान भएको, सहयोगी र निठुर व्यक्ति, सहकारीमा राजनीति आस्था नराख्ने व्यक्ति, प्रभावकारीता औचित्यता र मितव्ययिताका विश्लेषण गर्न सक्ने, दुर दृष्टि र आर्थिक विश्लषण गर्न सक्ने भेदभाव रहित, इमान्दारिता, सच्चरित्रता र निष्ठावन सदस्यता, सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण पुजी परिचालनलाई व्यापकता दिने,व्यवसायलाई संस्थागत बनाउने सोच भएको, व्यवसाय आपैmले गर्ने आफ्नो सहयोग अरुलाई दिने तथा अरुको सहयोग प्राप्त गर्ने व्यवसायिक प्रविधि नेतित्व विकास तथा उद्यमशिलता सम्वन्धी तालिम लिन चाहने एकता शक्ति हो, शक्तिले प्रतिस्पर्धा गर्न सक्दछ व्यवसायमा विविधीकरण गर्ने संकल्प भएको र समुदायको दिगो विकासका कामना चासो देखाउने निकाय सहकारी संस्था हो । त्यसैले सहकारीमा “इमान्दारिता र पारदर्शिता,सहकारीको अपरिहार्यता” भन्ने कुरालाई सदैव भुल्न नहुने बिषय हो ।
सामूदायि स्वामित्व प्रवद्धन गर्नका लागि योजना तर्जुमा कार्यान्वयन अनुगमन र मुल्याङ्कन प्रक्रियामा शेयर सदस्यको सहभागितामा जोड दिनु सहकारीको मुख्य लक्ष्य हो । सहकारी ऐन २०४८ ले सहकारी संस्था स्वायत्त संस्थाको रुपमा काम गर्न छुट दिएको हुदा समुदाय केन्द्रीत एवं शेयर सदस्य केन्द्रीत सहकारी व्यवसायको अनुगमन नियन्त्रण निरिक्षण स्वयम शेयर सदस्यहरुले गर्नु पर्छ सरकारको तर्पmवाट सहकारी संस्थालाई आवश्यक सहकारी सकारात्मक वातावरण दिनु पर्छ ।
सहकारीको गुणस्तर वृद्धि गर्ने वातावरण तयार गर्नु पर्छ । नियमको भावना वमोजिम काम गर्न प्रविद्धता तथा सक्षम सञ्चालक समिति र यथोचित जा“च तथा नियन्त्रणमा सक्रिय सदस्यहरु सहकारीताको अवधारण मुल्य मान्यता तथा सहकारीका सात सिद्धान्त, खुला तथा ऐच्छिक सदस्यता, द्धारा प्रजातन्त्रीक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वतन्त्रता एवं एवं स्वायतता, शिक्षा सुचना र तालिम सहकारी सहकारी वीच सहयोग समुदाय प्रति चासो तथा सहकारी ऐन २०४८ र नियमावली २०४९, संस्थाको स्वीकृत विनियमको पूर्ण परिपालन गरि असल वित्तिय व्यवस्थापन ऐच्छीक वचत तथा ग्राहक मैत्री योजना, नगद प्रवाह र गुणा आधारित ऋणको उचित व्यवस्थापन गरि सञ्चालित संस्थाले सहकारीको अपरिहायता इमानदारिता र पादर्शिता भन्ने कुरालाई सार्थक वनाउनु पर्छ ।
सहकारीका नैतिक मूल्यहरुको विश्लेषण गर्दा इमान्दारिता सहकारीका क्रियाकलाप पारदर्शि हुन्छन सहकारीमा ढा“ट छल लोभ पाप हुदैन आफुलाई सुम्पीएको जिम्मेवारी सदस्यले इमान्दारी पूर्वक गदछन ऐन नियम तथा विनियमको मार्यादामा इमान्दारीता हुन्छ । नीति अनुरुपको आचारण गर्ने गछन् । साथै सहकारी संस्थामा पारदर्शिता ल्याउनेका लागि सहकारी संस्थाका शेयर सदस्यहरु सकृय हुनुपर्छ । खुलापन सेवा दिने कुरामा सदस्य मित्र खुला रहन्छ,स्वेच्छाले सदस्य वन्ने र छाड्न पाइने र हरेक कारोवार सदस्यको आ“खाको आगाडि गर्ने व्यवसाय नै सहकारिता भएको हुदा स्पष्ट बुझ्ने र देख्ने गरि कारोवार सहकारीमा हुन्छ भन्ने मान्यता विकास भएको पाइन्छ ।
अन्तमा जति धेरै शेयर सदस्य त्यति नै सहकारीको उज्जल भविष्य भन्ने मान्यतालाई आत्मासाथ गरि “एकका लागि सबै सबैका लागि एक” भन्ने आर्दश मर्मलाई नेपालका सहकारी संस्थाहरुले आत्म साथ गदै आम जनसमुदायको विश्वास कायम गराउनु आजको सहकारीको चुनौति हो ।
हाल नेपालमा करिव ३० हजारको संख्यामा सहकारी सस्थाहरु छन् । संस्थात्मक वृद्धि भयो अव सहकारीको गुणात्मक एवं व्यवसायिक क्षमता वढाउने र हरेक कारोवार उत्पादन देखि वचत सम्म वचत देखि ऋण सम्म सबै कारोवार सहकारी मार्पmत गर्नु पर्ने अवधारणको विकास गरि सानो सानो छरिएर रहेको उत्पादनलाई ठूलो मात्रमा उत्पादन बजारीकरण सहकारी उद्योगहरु मार्पmत देशका व्यापरी देखि कृषक सम्म सहकारी व्यवसायलाई अभिवृद्धि गर्नुका साथै सहकारी गरिबि निवारणको महत्वपूर्ण माध्यमको रुपमा अभिवृद्धि गरि सहकारी क्षेत्रलाई आत्म साथ गरि आत्मनिभरता तर्पm उन्मुख वनाउनु पर्छ र सहकारी मार्पmत दिगो आर्थिक विकास र सामाजिक न्याय कायम गरि सहकारी मार्पmत वचत, ऋण, उत्पादन, वजारीकरणका सबै काम शहर देखि दुर्गम गाउ सम्म पु¥याई सहकारीमा “इमान्दारिता र पारदर्शिता, सहकारीको अपरिहार्यता” आजको आवश्यकता हो ।

लेखक
डिभिजन सहकारी कार्यालय बाग्लुङका प्रमुख हुनुहुन्छ ।

अभिलेख

लोकप्रिय