
काठमाडौं। आगामी आइतवारबाट दुई दिने साना किसान सम्मेलन २०१४ हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले गरिब तथा विपन्न वर्गको उन्नतीको लागि स्थानियस्तरमा साझा संस्था निर्माण गर्ने लक्ष्य लिएको छ। स्थानिय स्तरका सहभागी किसानहरुको गरिबी न्युनिकरणको लागि यस्तो संस्थाको स्थापना गरिने भएको हो।
‘गरिबी घटाउन ऋण दिएर मात्र नपुग्ने देखिएको छ। समुदायलाई समष्ठिगत बिकासमा सहभागी गराएमा मात्र उनीहरुको बिकास हुने भएकोले यो सम्मेलनको उदेश्य उनीहरुलाई यो प्रक्रियामा ल्याउनु रहेको छ, सम्मेलन आयोजना मुल समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताए।
कृषि शिक्षा, उत्पादन, बजारीकरणको समष्टिगत प्रक्रियामा किसानहरुलाई कसरी सघाउने, यस क्रममा आउने चुनौती कसरी समाधान गर्ने भन्ने बिषय सम्मेलनको छलफलको बिषय हुने छ।
एक हजार जना सहभागीको उपस्थिती रहने यो सम्मेलनमा सात सय ४० जना साना किसान सहकारी संस्थाका प्रतिनीधिहरु रहने छन। सम्मेलन अवधिभर १४ वटा सत्रमा बिभिन्न वियषका २४ कार्यपत्र प्रस्तुत गरिने भएको छ।
लघुवित्त क्षेत्रहरुले प्रवाह गरेको कर्जाको दोहोरोपना हटाउन, साझेदार संस्थाहरु बीच समन्वय गराउन, नीतिगत जटिलताहरु समाधान गर्ने बिषयमा सम्मेलन केन्द्रित हुने छ। छलफलबाट निस्कने निश्कर्षको आधारमा संयुक्त घोषणा पत्र पनि तयार गरिने भएको छ।
साना किसान बिकास अभियानको ४० बर्षको यात्रामा पहिलो पटक यस्तो सम्मेलनको आयोजना हुन लागेको छ। यो सम्मेलनले हालसम्मको अवस्थाको समिक्षा र भावी दिशा पहिल्याउने छ, साना किसान बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए।
सम्मेलनमा बिभिन्न मन्त्रालय, सरोकारवाला निकाय, नेपाल राष्ट्र बैंक, बिभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र साना किसान कृषि सहकारी संस्था र अन्तराष्ट्रिय स्तरका सहयोगी निकाय लगायतको उपस्थिती रहने छ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
१२ आश्विन २०८०, शुक्रबार
६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार