
मोरङ ६ पुस । अरनिको बहुउद्देश्य सहकारी संस्था लि विराटनगरको पाँचाँै वार्षिक साधारणसभाको पूर्वराजदुत गोपालप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष दिनेश सुवेदीले आव २०६९÷७० मा कुल रु एक करोड १४ लाख चार हजार ५०० आम्दानी र रु ७६ लाख ९२ हजार ५०० खर्च गरी रु ३७ लाख १२ हजार सञ्चालन बचत गर्ने लक्ष्य रहेकोमा रु ३६ लाख ९३ हजार ८०० उपलब्धि भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा गएको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन जना सेयर सदस्यका छोरा अनिश आचार्यलाई रु चार हजार, दोस्रो स्थानमा रहेका सौगात श्रेष्ठलाई रु तीन हजार र तृतीय स्थानका विनय पोखरेललाई रु दुई हजार नगद पुरस्कारसहित सम्मान गरियो ।
संस्थामा असल ऋणीको भूमिका निर्वाह गर्ने भक्तराज धामी र सुमन शर्मा रिजाल तथा अपेक्षित बचत गर्ने गोविन्द अग्रवाललाई पनि सम्मान गरियो । सो अवसरमा प्रमुख अतिथि शर्माले समाजमा छरिएर रहेका पँुंजीलाई एकत्रित गरी राम्रो काम गर्न सहकारीलाई सुझाव दिनुभयो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार