
पर्सा । वीरगञ्ज स्थित अनमोल बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीको व्याजदर र सञ्चालन प्रणालीमा देखिएको अनेकता र जोखिम व्यवस्थापनलाई नेफ्स्कूनले प्रभावकारी बनाउन लागेको बताए । गांऊका सहकारीभन्दा शहरका सहकारीहरुमा बढी समस्या रहेको समेत उनको भनाई थियो ।
कार्यक्रममा पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, मेघा बैंकका शाखा प्रवन्धक अमरदेव ओजस्वी उपाध्याय, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा संस्थाका जेष्ठ सदस्य र उत्कृष्ट कारोवारकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष ईस्लामी अन्सारी को अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको सञ्चालन मन्दिरा कार्कीले गरेका थिए । कार्यक्रममा संस्थाका व्यवस्थापक साविर अलीले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । संस्थामा विशेषतः मुश्लिम समुदायका महिलाहरुको बढी सहभागिता रहेको र छ सय सदस्यहरुवीच करीव चालीस लाखको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार