
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबास बजारबाट एकिकृत सेवा शुभारम्भ गरेको छ ।
विनयी त्रिवेणी–१ दुम्किबास बजारमा जनकल्याण सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । गैंडाकोट नगरपालिका– ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू साकोस र विनयी त्रिवेणी–१ दुम्किबास बजारमा रहेको जनकल्याण बहुमुखी सहकारी संस्थाबीच एकिकरण भएको थियो ।
संस्थाले यही माघ १९ गते सोमबार एक औपचारिक कार्यक्रमका बीच नयाँ सुविधायुक्त कार्यालयसहित जनकल्याण सेवा केन्द्रको समुद्धघाटन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष एवं प्रमुख अतिथि मिना रानाले विकू विपन्न वर्गका सदस्यहरुको जिवनस्तर माथि उकास्न आय आर्जन सिकाउने संस्था रहेको बताउनु भयो । विकुको आगमन विनयी त्रिवेणी गाउँपालिकाको आम किसान, व्यावसायी ,मजदुर उद्यमी र यस क्षेत्रको लागि अवसर तथा गौरवको विषय भएको व्यक्त गर्दै स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमा बोल्दै अध्यक्ष ओम प्रसाद सापकोटाले विकू नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको बताउदै नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनु भयो । ५० पैसाबाट ७ अर्ब र २६ जनाबाट ८२ हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको कुरा व्यक्त गर्दै संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार