२१ फाल्गुन २०८०, सोमबार

विकूमा थुप्रियो पैसा, तरलता मात्रै साढे २ अर्ब

६ भाद्र २०८०, बुधबार
विकूमा थुप्रियो पैसा, तरलता मात्रै साढे २ अर्ब

गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साउन मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार तरलता रकम २ अर्ब ४२ करोड ५२ हजार अर्थात् ३२.३४ प्रतिशत रहेको छ ।

संस्थामा १ लाख १३ हजार ७ सय ८९ जनाको ८९ करोड ७४ लाख ७७ हजार ५ सय रुपैयाँ सेयर रहेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ५६ करोड ४६ लाख १३ हजार रुपैयाँ र विभिन्न कोषमा ६ करोड २० लाख ९८ हजार रुपैयाँ रहेको छ ।

संस्थाको संस्थागत पुँजी ६४ करोड ५४ लाख ४३ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । कुल बचत ७ अर्ब ४८ करोड ३३ लाख ६५ हजार र ९ अर्ब ५१ करोड ६१ लाख ९० हजार कुल सम्पत्ति रहेको छ ।

संस्थाबाट ८ हजार ६ सय ३३ जनाले ६ अर्ब ८० करोड ७० लाख ५३ हजार रुपैयाँ कर्जा लिएका छन् ।

May be an image of text

अभिलेख

लोकप्रिय