
नवलपुर : गैंडाकोट-८, विजयपुर स्थित विकू बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पत्ती ९ अर्ब नाघेको छ ।
संस्थाले प्रकाशित गरेको कार्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कूल सम्पत्ती ९ अर्ब १ करोड ४१ लाख ४७ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ ।
संस्थामा १ लाख ३ हजार १ सय ४१ जनाको ९१ करोड ४६ लाख ११ हजार ४ सय रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ५० करोड ५१ लाख ५ हजार २ सय २ रुपैयाँ र विभिन्न कोषहरुमा १२ करोड ३१ लाख २८ हजार ३ सय ८८ रुपैयाँ रहेको छ ।
कार्तिक मसान्तसम्ममा कूल संस्थागत पुँजी ५८ करोड ५९ लाख २३ हजार ३ सय ६ रुपैयाँ, कूल बचत ७ अर्ब १५ करोड ६० लाख ४१ हजार ६ सय ४१ रुपैयाँ र ऋण लगानी ७ अर्ब १५ करोड ४२ लाख ५१ हजार ४ सय १५ रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थासँग १ अर्ब ४५ करोड ५८ लाख ४१ हजार ६ सय ४२ रुपैयाँ अर्थात् २०.३४ प्रतिशत लगानी योग्य रकम (तरलता) रहेको छ ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार