६ कार्तिक २०७८, शनिबार

‘नेपाल सहकारी बैंक’प्रति प्रधानमन्त्री देउवा सकारात्मक, समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव

१६ श्रावण २०७८, शनिबार
‘नेपाल सहकारी बैंक’प्रति प्रधानमन्त्री देउवा सकारात्मक, समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव

काठमाडौं : नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।

विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई शुभकामना तथा बधाइ दिइएको हाे ।

विभागको तर्फबाट प्रधानमन्त्री देउवालाई शुभकामनासम्बन्धी पत्र समेत प्रदान गरिएको थियो ।

प्रधानमन्त्री देउवालाई विभागको तर्फबाट हालसम्म भए गरेका कामकाबारहीको संक्षित जानकारीसहित कार्यप्रगति जानकारी दिएको विभागका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिनुभयाे । भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराईएकाे थियाे । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएकाे सहभागी एक सदस्यले जानकारी दिनुभयाे ।

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएकाे थियाे ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, डा. ज्ञानेन्द्र पाैडेल शरद महर्जनसहित १४ जनाको टिम बालुवाटार पुगेकाे थियाे ।

अभिलेख

लोकप्रिय