२२ मंसिर २०८०, शुक्रबार

बचत संघलाई बलियो बनाउने बजगाईका योजनाहरु

२३ भाद्र २०७९, बिहीबार
बचत संघलाई बलियो बनाउने बजगाईका योजनाहरु

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चुनावी साधारण सभा नजिकिदो छ । चुनाव नजिकिएसँगै ललितपुरको सहकारी अभियानमा सरगर्मी पनि बढेको छ ।

संघको २८ औं वार्षिक साधारण सभा यही भदौ २७ गते लतिलपुरमा आयोजना हुँदैछ । नयाँ नेतृत्व चयनको लागि उम्मेदवार मनोनयन भने २५ गते नै तोकिएको छ । अभिवक्ता लक्ष्मण महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भई निर्वाचन प्रक्रिया सुरु भैसकेको छ ।

संघको नेतृत्वका लागि वर्तमान अध्यक्ष रामहरि बजगाईले उम्मेदवारी दिने निश्चित गरेका छन् । अबको एक कार्यकाल पुनः अध्यक्ष रामहरि लागि परेका छन् । यो समाचार तयार पार्दासम्म अध्यक्ष पदमा अन्य आकांक्षीले उम्मेदवारी घोषणा गरेका छैनन् । सकेसम्म सर्वसम्मत नभए चुनावी प्रक्रियाका लागि पनि भित्रि तयारीमा वर्तमान अध्यक्ष रामहरि लागि परेका छन् ।

बजगाई अर्को एक कार्यकालका लागि आफु अध्यक्ष बन्नुपर्ने जीकिर गर्छन् । उनी पछिल्लो कार्यकालको २ वर्ष कोभिड महामारीका बाबजूद जिल्ला संघले वासलात बलियो बनाएको, संघको जग्गा खरिद गरी भवन निर्माणको कार्य अघि बढाएको, सदस्य संस्थाहरुको मन जितेको, त्रैमासिक रुपमा संघको वित्तीय विवरण सार्वजनिक गर्ने गरेको, अभियानका जिल्ला तथा राष्ट्रिय मुद्दाहरुमा सघन बहस पैरवी गरेको दाबी गर्दै बाँकी योजनाहरु सम्पन्न गर्न र फुल फ्लेजमा काम गर्न अर्को कार्यकाल आवश्यक रहेको बताउँछन् । ‘पुनः एक पटक नेतृत्व गर्ने चाहना हो, सकेसम्म सहमतिमै म अध्यक्ष बन्छु भन्ने विश्वास छ’, सहकारी खबरसँग उनले भने ।

५५ लाखको जगेडा कोषलाई ५ करोड २० लाख पुर्याएको, २८ वटा निष्कृय संस्थालाई सदस्यता फिर्ता, महिलाद्वारा सञ्चालित सहकारीलाई विना धिता १० लाखसम्म कर्जा प्रवाह, २५ वटा सहकारीलाई चलायमान बनाएको, महानगर तथा नगरपालिकाको समन्वयमा निःशुल्क तालिम, निःशुल्क प्रशिक्षकको व्यवस्था, ११ वटा उपसमितिमार्फत १४२ वटा संस्थाको प्रतिनिधित्व संघमा गराउन सफल, सबै उपसमितिलाई कृयाशिल बनाउन अहिलेको नेतृत्व सफल भएको बजगाईको भनाई छ ।

भवन निमार्ण, हेल्प डेक्सको स्थापना, सदस्य संस्थाको विज्ञसहित प्रभावकारी अनुगमन, साकोस एकरुपता कायम गराउने, सदस्यलाई सुशासनमा ल्याउने, म्यानेर्जस क्लब गठन गर्ने, अध्यक्षहरुको तालिम, सचिवहरुको तालिम, कोषाध्यक्षहरुको तालिम, लेखा समितिहरुको तालिम, सबै पालिकाहरुसँग सहकार्य गर्ने, सहकारी एकीकरणलाई अभियानको रुपमा सञ्चालन गर्ने मुख्य एजेण्डा रहेको बजगाई बताउँछन् ।

२०७५ साल फागुनमा सम्पन्न संघको २४ औं साधारण सभाले बजगाईको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो ।

अभिलेख

लोकप्रिय