एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र

धुनिखेल (काभ्रे) : सहकारी विभागले बिहीबार जारी गरेको ३५ बुँदे एकीकृत निर्देशन- २०७९ कार्यान्वयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुने भएको छ ।
तीनै तहको सरकार बीच समन्वय गरेर एकीकृत निर्देशनको पूर्ण कार्यान्वयन गर्ने तयारीमा संघीय सरकार रहेको छ ।
सम्पूर्ण पालिकाहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत र प्रदेशहरुमा प्रधानमन्त्री कार्यालयमार्फत निर्देशन कार्यान्वयको लागि परिपत्र गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
सहकारी विभागले बिहीबार नै मन्त्रालयलाई सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र गरिदिन सचिव थपलियालाई लिखित पत्राचार गरेको थियो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले मन्त्रालयका सचिव थपलियालाई परिपत्र गरिदिन सहितको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन पालना गर्न सम्पूर्ण सहकारी संघ संस्थालाई सचिव थपलियाले आग्रह गर्नुभएको छ । त्यस्तै निर्देशन कार्यान्वयनमा सहकारीका नियामक निकाय स्थानीय तह र प्रदेश सरकारको पनि जिम्मेवारी रहेको बताउँदै थपलियाले निर्देशन पूर्ण कार्यान्वयनका लागि परिपत्र गरिने बताउनुभयो ।
१/२ दिन भित्रै सम्पूर्ण प्रदेश र स्थानीय तहमा परिपत्र पुग्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

‘कमजोर सहकारीलाई बलपूर्वक नै एकीकरणमा लैजानुपर्छ’
२ भाद्र २०७९, बिहीबार
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
१ भाद्र २०७९, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई
१ भाद्र २०७९, बुधबार