२३ कात्तिक २०८१, शुक्रबार

सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रिमियम टेक्नोलोजीको प्रतिवद्धता

२०८१ असोज १, मङ्गलबार
सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रिमियम टेक्नोलोजीको प्रतिवद्धता

काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ ।

कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) उपलब्ध गराउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा ग्राहक वर्ग, साझेदार, व्यवस्थापन, प्राविधिक लगायत सरोकारवाला निकायहरु प्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले ग्राहक तथा सेवा प्रयोगकर्ताहरुको आवश्यकता र उद्देश्यमा केन्द्रित रही प्रोडक्टहरुको विकास गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बनले आभार तथा प्रतिवद्धता जारी गर्दै भनेका छन्, ‘हामीसँग आवद्ध भएका ४ सय भन्दा बढि संघ/संस्थाहरुलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउन, व्यक्तिगत सदस्यहरुसम्म प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रवाह गर्दै बृद्धि र विकास सुनिश्चत गर्न नेपालको एक भरपर्दो र उत्कृष्ट कम्पनिको रुपमा स्थापित गर्ने प्रतिवद्धासहित सम्बद्ध सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’

प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) आईएसओ ९००१:२०१५ प्रमाणित सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय छ ।

प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्याधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताए ।

१० औं स्थापना दिनवसको अवसरमा कम्पनीले ४ प्रतिवद्धता समेत जाहेर गरेको छ ।

– नविततम् प्रविधिहरु अवलम्बन गर्दै ग्राहकहरुको सफलता सुनिश्चित गर्ने,

– परिस्कृत, सुरक्षित, स्वचालित र सहज रुपमा एकीकृत मोडलको रुपमा हाल Premium CBS V2.0 विकास गरीएको र भविष्यमा नियमित रुपमा थप परिस्कृत संस्करणहरु विकास गर्ने,

– उत्कृष्ट सेवाको लागि ग्राहकहरुको सल्लाह, सुझाव तथा गुनासोहरु सही ढंगबाट व्यवस्थापन गर्ने र

– नियामकीय दायित्वहरुको पूर्ण पालना गर्दै बैधानिक जोखिम रहित सुव्यवस्थित प्रणाली लागु गर्ने

अभिलेख

लोकप्रिय