२४ असोज २०८१, बिहिबार

२४ वटै सेवा केन्द्रमा किसान साकोसको विस्तारीत मञ्च, १० हजार सदस्य उपस्थित

२०८० असोज ८, सोमबार
२४ वटै सेवा केन्द्रमा किसान साकोसको विस्तारीत मञ्च, १० हजार सदस्य उपस्थित

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्थाले २८औं वार्षिक साधारण सभा लक्षित विस्तारीत मञ्च कार्यक्रम २०८० सम्पन्न गरेको छ । संस्थाले असोज ५ गते सर्दि सेवा केन्द्र र विष्णुनगर सेवा केन्द्र तथा असोज ६ गते २२ वटा सेवा केन्द्रमा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरेको हो ।

सेवा केद्र संयोजकको अध्यक्षतामा सम्पन्न सम्पूर्ण कार्यक्रममा जनप्रतिनीधीहरु प्रमुख आतिथ्यता रहेको थियो । सञ्चालक समितिका पदाधिकारी, सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारी, समुह संरचना कार्यक्रम उपसमिती पदाधिकारी र कर्मचारी समेत उपस्थित रहेको विस्तारीत मन्च कार्यकममा करिब १० हजार सदस्यहरूको सहभागिता रहेको थियो ।

संस्थाका सेवा तथा आव २०८०/८१ को वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी सो माथी सदस्यहरूको राय सुझाव संकलन गर्ने, आगामी नेतृत्व चयनका लागि निवार्चन कार्यतालिका प्रस्तुत गरिएको थियो । विभिन्न कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसे उपस्थित भई सहकारीका आगामी वर्षमा अपनाउने रणनिति, सदस्यको संस्थाप्रती सकारात्मक सुझाव र सहभागिता एवं आर्थिक, गैर आर्थिक गतिविधीमा नियन्त्रण र चासो राख्नु पर्ने दायित्व रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष चालिसेले जनताको नियन्त्रणमा रहेको किसान साकोस विगत २८ वर्ष देखि सदस्य केन्द्रित कार्यक्रममा ध्यान दिँदै आएको र आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका थिए । उपस्थित सदस्यहरुले निर्वाचन उपसमितीलाई सर्वसम्मत निर्वाचनको प्रकृया पुरा गर्न सुझाव समेत दिएका छन् ।

अधिकांश सदस्यबाट संस्थाले उपलब्ध गराएका सेवाहरु समय सापेक्ष रहनुका साथै उत्कृष्ट समेत रहेको विचार व्यत गरेका थिए । कार्यक्रममा प्रत्येक सेवा केन्द्र बाट आव २०७९/८० मा उत्कृष्ट कारोवार गर्ने ११ जना सदस्य, उत्कृष्ट महिला समुह र सो समुहमा आवद्ध सदस्य, उत्कृष्ट कारोवार संस्थालाई पुरस्कार सम्मान गर्नुका साथै ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको थियो ।

संस्थाको असोज २० र असोज २७ गते इकाई सभा सम्पन्न र कार्तिक ३ गते प्रतिनिधीहरुद्वारा निर्णय पुस्तिका प्रमाणित गर्ने कार्यकम रहेको छ ।

अभिलेख

लोकप्रिय