२२ मंसिर २०८०, शुक्रबार

COPOMIS का उपयोगिताहरू

३ फाल्गुन २०७६, शनिबार
COPOMIS का उपयोगिताहरू

– सहकारी संघ, संस्थाहरूको गठन स्थापना, कारोवार तथा वित्तीय अवस्था सम्बन्धी भरपर्दो एवं अद्यावधिक सूचना, आँकडा एवं तथ्याँकहरू
वास्तविक समयमा प्राप्त हुने ।

– सहकारी क्षेत्रको वास्तविक स्थिति तथा प्रगति आँकलन एवं अनुमान गरी सरोकारवाला निकायहरूलाई सहकारीसम्बन्धी उपयुक्त निर्णय लिन
सघाउ पुग्ने ।

– सहकारी संघ, संस्थाहरूको अनलाइन (Online) र अफलाइन (Offline) अनुगमन कार्य प्रभावकारी हुने, अनुगमनमा लाग्ने समय बचत एवं अनुगमन लागत कम गर्न सघाउ पुग्ने ।

– सहकारी संघ, संस्थाको आर्थिक कारोवारको वित्तीय र व्यवसायिक जोखिमको पहिचान यथा समयमा हासिल भै सम्भाव्य उपचारका उपायहरू उचित रूपमा अवलम्बन गर्न सकिने ।

– सहकारी संघ, संस्थाहरूको वर्गीकरण लगायत सहकारी क्षेत्रमा संचालन गर्न सकिने सम्भाव्य उद्योग, ब्यवसायहरूको लागि कार्यक्रम, योजना, आयोजना र बजेटको अनुमान गर्न सहयोग पुग्ने तथा पुँजी परिचालनको लागि सम्भाव्य क्षेत्र पहिचान गर्न सकिने ।

– सहकारी संघ, संस्थाको वित्तीय र गैरवित्तीय कारोवारहरूको सूचना लिई समग्र मूल्याङ्कन गर्न सकिने ।

– गरिबी निवारण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यहरूमा प्रभावकारी समन्वय स्थापित भै सरकारी तथा गैरसरकारी निकायहरू बीचको सहकार्यमा उपलब्ध साधन, श्रोतको उच्चतम सदुपयोग गर्न सकिने ।

– सहकारी संघ, संस्थाहरू लगायत गरिबी निवारण सम्बन्धी कार्य गर्ने निकायहरूलाई संस्थाको समग्रको अवस्थाको विश्लेषण एवं मूल्यांकन र भविष्यको लागि योजना तर्जुमा गर्न सहयोग पुग्ने ।

– आम नागरिकहरूले सहकारी दर्ता, अभिलेख र सहकारी तथा गरिबी सम्बन्धी सूचना, तथ्याङ्कको सेवा छिटो छरितो रूपमा प्राप्त गर्न सक्ने ।

– राष्ट्रिय, केन्द्रीय तथा जिल्लास्थित सहकारी संघ र सहकारी बैंकहरूले आफ्ना सदस्यहरूको वित्तीय तथा सस्थागत अवस्थाका सम्बन्धमा जानकारी हासिल गरी प्रवद्र्धनात्मक तथा क्षमता विकासका कार्यक्रमहरू संचालन गर्न मदत पुग्ने ।

– सहकारी संघ, संस्थाका सदस्यहरूले आफु सदस्य भएको संघ, संस्थाको वित्तीय, गैह्र वित्तीय तथा ब्यवस्थापकीय काम कारवाहीबारे सहज रूपमा जानकारी हासिल गर्न सक्ने ।

– सहकारी संघ, संस्थाका काम कारवाहीलाई पारदर्शी बनाई संस्थागत सुशासन अभिवृद्धि गर्न सघाउ पुग्ने ।

अभिलेख

लोकप्रिय