६ बैशाख २०८१, बिहीबार

३४ प्रतिशत सहकारी संस्था मात्रै सक्रिय

२१ मंसिर २०७३, मंगलवार
३४ प्रतिशत सहकारी संस्था मात्रै सक्रिय

bara-sahakari

बारा । जिल्लामा दर्ता भएका ७ सय ७५ सहकारी संस्थाहरु मध्ये ३४ प्रतिशत सहकारी संस्थाहरुमात्रै सक्रिय रहेको पाईएको छ ।

गत आर्थीक बर्ष ०७२/०७३ मा २ सय ६५ सहकारी संस्थाले मात्रै डिभिजन सहकारी कार्यालयबाट लेखापरिक्षणको स्विकृती लिए । सोही अनुपातका संस्थाहरुले नियमित साधारणसभा गरे । सहकारी संस्थाहरुले संचालन गर्ने गतीविधिका आधारमा निस्कृय सहकारीहरुको संख्या निकालिएको सहकारी प्रमुख कुलोतम् प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा सबै भन्दाबढी ४२९ वटा कृषि सहकारी संस्था दर्ता भएका छन् । त्यस्तै २२३ बचत तथा ऋण, ५४ वटा बहुउदेश्य, १८ वटा साना किसान, १६ वटा पशुपालन, १५ वटा दुग्ध उत्पादक, १३ वटा मत्स्य सहकारी दर्ता भएका छन् । भने ३ संचार, १ तरकारी तथा फलफुल र ३ उपभोक्ता गरी ७ वटा विषयगत अन्य सहकारीहरु समेत जिल्लामा दर्ता भएका छन् ।

यी सहकारीहरु मध्ये अध्याधिक कृषि तथा बचत ऋण सहकारी र केही अन्य सहकारी संस्थाहरु निश्कृय छन् । ३४ प्रतिशत सहकारी मात्रै अस्तीत्वमा रहेका छन् । भने बाँकी सहकारीहरु निस्कृय रहेको पोखरेलले एक कार्यक्रमा जानकारी दिए । कती पय सहकारीहरुको कार्यालय सम्म छैन । अध्यक्षहरुले झोलामा छाप र स्टाम्प बोकेर सहकारी चलाउने गरेको पाईएको छ । यस्ता सहकारीहरुको समयमा लेखापरिक्षण अनी साधारणसभा समेत हुँदैन ।

पोखरेलले यस आर्थीक बर्षमा झण्डै १०० निश्कृय सहकारी संस्थाहरु खाजेर गर्ने तयारी भैरहेको जानकारी समेत दिए । गएको आसोज मसान्तको रेकर्ड अनुसार ४७ हजार ५५४ महिलाहरु सहकारी संस्थामा आवद्ध छन् । ९४ हजार ७३९ सदस्य आवद्ध सहकारीहरुमा २४४ महिला सहित ६२३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जिल्लाका सहकारी संस्थाहरुमा सदस्यहरुको १७ करोड २० लाख ४७ शेयर पूँजी रहेको छ । त्यस्तै सहकारीमा सदस्यहरुले १ अरब ३५ करोड ५ लाख ८९ हजार निक्षेप जम्मा गरेका छन् ।

अभिलेख

लोकप्रिय