नारायणी बहुउद्देश्यीय सहकारीमा राजनीतिक हस्तक्षेप !

hetaudaजिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा राजनीतिक हस्तक्षेप छ । यस प्रकार सहकारीमा राजनीतिक हस्तक्षेप र भागवण्डा हुन लागेपछि हाम्रो मुलुकमा सहकारीहरु फस्टाउने र सफल हुने कसरी ? वि.सं. २०७३ साल कार्तिक २७ गते नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको बिसौं बार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम समेत रहेको थियो । मेरो उम्मेद्वारी सहकारीको सदस्य पदमा थियो । निर्वाचनको अन्तिम नामावलीमा म समेत २१ जना उम्मेद्वार सदस्यहरुको नाम पनि २७ गते नै प्रकाशन भएको थियो । वि.सं. २०७३ साल मंसिर ११ गते निर्वाचनको पनि घोषणा भईसकेको छ । राजनीतिक भागवण्डाको आधारमा १० जना सदस्यहरु चयन गर्नुपर्ने भएकोले २१ जना सदस्यहरुमध्ये अरु छोड्न तयार छन् बाँकी एउटा तपाईले पनि उम्मेद्वारी फिर्ता लिनुप¥यो भन्दै लक्ष्मण भण्डारी, प्रकाश पौडेल र कुमार पौडेल आदि आदि जस्ताहरुबाट मलाई नराम्रो प्रेशर र दबाव परिरहेको छ । मेरो स्वतन्त्रता र मानवअधिकारलाई कुण्ठित पार्ने काम भईरहेको छ ।

जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निर्वाचन कार्यक्रममा वि.सं. २०७३ साल कार्तिक २७ गते उम्मेद्वारी दर्ता गरेकाहरु अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । रामहरी न्यौपाने र कुमार पौडेलले, उपाध्यक्ष पदमा हरि प्रसाद वाग्ले र रामचन्द्र अर्यालले उम्मेद्वारी दर्ता गरेका थिए, सचिव पदमा ५ जना उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गरेपनि सचिव पद भने खाली राखियो किन ? अध्यक्ष पदमा २ जना उम्मेद्वारी दर्ता गरेको मध्ये रामहरि न्यौपानेलाई अध्यक्ष, कुमार पौडेललाई अध्यक्ष पद छोड्न लगाएर सचिव पद दिने तयारी त्यस्तै उपाध्यक्ष पदमा २ जना उम्मेद्वारी दर्ता गरेको मध्ये हरि प्रसाद वाग्लेलाई उपाध्यक्ष, रामचन्द्र अर्याललाई उपाध्यक्ष पद छोड्न लगाएर सदस्यमा ल्याउने तयारी भईरहेको छ । उम्मेदवारी दर्ता गरि सकेपछि र उम्मेदवारी फिर्ता लिने समय सकिए सकेपछि के यो सही तरिका हो ? कानुनविदहरुले ध्यान दिनुहोला ।

जिल्ला मकवानपुर, हेटौंडा उप–महानगरपालीका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी वहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडमा वि.सं २०७३ साल मंसिर ११ गते लाई निर्वाचनको घोषणा भईसकेको छ । राजनीतिक भागवण्डाको आधारमा पदाधिकारीहरुको कार्यसमिति वनाउनका लागि म राकेश कुमार शर्मा लाई जसरी पनि सदस्य पदवाट हटाउन नारायणी वहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु, सल्लाहकारहरु र लक्ष्मण भण्डारी, प्रकाश पौडेल र कुमार पौडेल आदि आदि जस्ताहरु लागि परेर निर्वाचन प्रक्रिया नै रद्व गराउने र निर्वाचनको न“या प्रक्रियामा लैजाने मनसाय र नियतमा छन् ।

राकेश कुमार शर्मा
 
हेटौँडा उ.म.न.पा. २



प्रतिक्रिया दिनुहोस