तयार हुनुहोस् लगानी गर्न, ३ अर्बको ‘म्युचल फण्ड’ आउँदै !

laxmiकाजी श्रेष्ठ

काठमाडौंं । तीन वाणिज्य बैंकले झन्डै ३ अर्बको सामूहिक लगानी कोष (म्युचल फण्ड) ल्याउने तयारी गरेको छ । यसरी म्युचल फन्डको तयारीमा नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंक छन् । तीन वटा बैंकले विभिन्न योजनासहित २ अर्ब ८० करोडको म्युचल फन्ड बजारमा ल्याउन लागेका हुन् ।

यसका लागि धितोपत्र बोर्डमा नेपाल इन्भेस्टमेन्ट बैंकले जेठ ३ गते, लक्ष्मी बैंकले जेठ ३१ गते र सिद्र्धाथ बैंकले असोज ४ गते निवेदन दिएका थिए । इन्भेस्टमेन्ट बैंकले एनआइबिएल क्यापिटलको प्रवद्र्धनमा ‘एनआइबीएल प्रगति फन्ड’, लक्ष्मी बैंकले लक्ष्मी क्यापिटलको प्रवद्र्धनमा ‘लक्ष्मी भ्यालु फन्ड’ र सिद्र्धाथ बैंकले सिद्धार्थ क्यापिटलको प्रवद्र्धनमा ‘सिद्धार्थ इक्युइटी फन्ड’ नामक योजना ल्याउने तयारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट बैंकले ६० करोड बन्दरगाहा बराबरको ६ करोड लाख कित्ता ल्याउन निवेदन दिएका छन् । त्यस्तै, लक्ष्मी बैंकले १ अर्ब बन्दरगाहा बराबरको १० करोड कित्ता र सिद्धार्थ बैंकले एक १ अर्ब २० करोड बन्दरगाहा बराबरका १२ करोड कित्ता ल्याउन निवेशन पेस गरेको बोर्डले जनाएको छ । तीन वटै बैंकको म्युचल फन्ड योजनाको अध्ययन भइरहेको बोर्डले जनाएको छ । म्युचल फन्डको मूल्य प्रतिकित्ता १० बन्दरगाहा तोकिएको हुन्छ ।

त्यस्तै, धितोपत्र बोर्डका अनुसार नविल र एनएमबी बैंकले म्युचल फन्डला लागि अनुमति दिइसकेको छ । नविलको ‘नबिल इक्युइटी फन्ड’ र एनएमबीको ‘एनएमबी आइब्रिड फन्ड एल–१’ बजारमा निष्काशान अनुमति पाएको हो । नबिलको एक अर्ब रुपैयाँको १० करोड कित्ता र एनएमबीको ८० करोड रुपैयाँको ८ करोड कित्ता रहेको छ । दुवै कम्पनीको गरी १ अर्ब ८० करोड रुपैयाँ छ ।

यसअघि ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई समुन्नत योजना १’ नामको म्युचल फन्ड परियोजना ल्याएको छ । ग्लोबल आइएमई क्यापिटलको प्रवद्र्धनमा निष्काशन गरिएको एक करोड एकाइको म्युचल फन्ड बाँडफाँटसमेत भैसकेको छ । साना लगानी कर्ता (५० हजार बन्दरगाहाभन्दा कम माग गर्ने)ले पाउने ४० प्रतिशत रकम सोअनुरूप नपुगेकाले सबैले मागेजति नै पाएका थिए । त्यस्तै, ठूला लगानीकर्ता (५० हजार बन्दरगाहाभन्दा बढीको माग गर्ने) ले माग गरेकोमध्ये ४७. ४७ प्रतिशत एकाइ फन्ड पाएका थिए ।

के हो म्युचल फन्ड ?
साना साना लगानीकर्ताबाट संकलित कोष नै ‘म्युचल फन्ड’ हो । यसको व्यवस्थापन र सञ्चालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छ । ब्रोकरबाट सेयर खरिद–बिक्री गर्न जोखिम महसुस गर्ने लगानीकर्ताका लागि ‘म्युचल फन्ड’ राम्रो लगानीको राम्रो अवसर हो । फन्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । लगानीकर्ताले न्युनतम एक हजार बन्दरगाहामा लगानीको सुरुवात गर्न सक्छ ।

नेपालमा म्युचल फन्डलाइ नेपाल धितोपत्र बोर्ड नेपालले नियमन र निरीक्षण गर्दै आएको छ । ‘म्युचल फन्ड’ जारी, निरीक्षण र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य ‘म्युचल फन्ड नियमावली–२०६७’ अनुसार हुन्छ । ‘म्युचल फन्ड नियमावली–२०६७’ र ‘म्युचल फन्ड निदेर्शिका–२०६९’ बाट ‘म्युचल फन्ड’ नियन्त्रित छन् ।

प्रकाशित मिति : २०७३ कात्तिक २३ गते



प्रतिक्रिया दिनुहोस