केन्द्रीय सहकारी संघको बेथिति !

tulasi-sapkota

– तुलसी सापकोटा

नेपालमा सहकारी विधिवत दर्ता भएको ६० बर्ष पुगेको छ । यस बीचमा बिषयगत जिल्ला संघ तीन सय ५० को हाराहारीमा दर्ता भइसकेका छन् । बिषयगत केन्द्रीय संघ २० वटा, एउटा सहकारी बैंक र राष्ट्रिय सहकारी संघ छाता संगठनका रुपमा कार्य गरिरहेका छन् । प्रारम्भिक संस्थाहरु कुन बिषय र प्रकृतिका दर्ता भई सञ्चालन हुने भन्ने बिषय पहुँच र पावरका आधारमा सञ्चालन भई ३३ हजारभन्दा बढी रहेको तथ्यांक सहकारी विभागको छ ।

केन्द्रीय संघको नाम हेर्दा कृषिसंग सम्बन्धीत नै १४ वटा रहेका छन् । उदाहरणको लागि केन्द्रीय तरकारी तथा फलफूल अनि नेपाल केन्द्रीय कृषि सहकारी संघ । यि दुई संघमा तपाई कहाँनेर फरक देखाउन सक्नु हुन्छ ?, यसरी हेर्दा कृषिसंग सम्बन्धीत १४ वटा केन्द्रीय संघ दर्ता भइसकेको अवस्था छ । कसरी दर्ता भयो, कुन सहकारी ऐनबाट दर्ता भयो भन्दा पनि त्यस्तो बलीयो कानुनी आधार छैन । अब तपाई भन्नुस् केन्द्रीय संघ दर्ता गर्न धान, मकै, गहुँ, कोदो, फापर, तितेकरेला, हरियो खुर्सानीको पनि संघ बन्ने तरखरमा छ, भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर वास्तविकता यही हो । केन्द्रीय संघको काम कर्तव्य अधिकार के हो ?, भन्ने विनियममै लेखिएको हुन्छ । एउटै जिल्लामा मात्र प्रारम्भिक संस्था भएको पनि केन्द्रीय संघ ४ वटा छन् भन्दा हास्यास्पद लाग्ला । तर यो सत्य हो । संघमा सहकारी विभागले सदस्यता बन्नको लागि मापदण्ड समेत जारी गरेको छ । मापदण्डमा उल्लेख भए अनुसार कम्तीमा २० प्रतिशत प्रारम्भिक सहकारी संघमा आवद्धता हुनैपर्छ । उदाहरणको लागि उपभोक्ता सहकारीको संख्या तीन हजार ८ सयको हाराहारीमा छ । तर केन्द्रीय संघमा आवद्धता भएका सहकारी भने एक सय ५० मात्र छ । मापदण्ड अनुसार सात सय ६० सहकारी अनिवार्य सदस्य रहनुपर्ने प्रावधान छ । त्यसमा एक सय ५० मा एक सय २० सहकारी अर्कै बिषयका बहुउद्देश्यीय छन् । छाता संघ जसले जिल्ला संघ र प्रारम्भिक सहकारीको हक हित गर्ने भन्ने विनियममा उल्लेख गरिएको हुन्छ ।

अझ अर्को घत लाग्दो कुरा त केही केन्द्रीय संघले सदस्य संस्थाबाट उठाएको सेयर नै समाप्त गरेर ऋण लिएको र बिचल्लीमा छन् । अनि राष्ट्रिय स्तरको कार्यक्रममा फलानो केन्द्रीय संघका अध्यक्ष ड्यासमा आउनु पर्यो भन्दा बढो तामझामका साथ मन्चमा जान्छन् अनि गड्गड् ताली बज्छ । केन्द्रीय संघको त यो हबिगत छ, भने जिल्ला संघ र बिषयगत जिल्ला संघको के हालत होला ?, तपाई आफै कल्पना गर्नुस् ।

अहिलेका राष्ट्रिय संघ सहित सञ्चालनमा भएका रोचक कार्य विधिमा प्रवेश गरौं । राष्ट्रिय संघमा गत वर्ष चुनाव भयो । त्यसमा तीन पार्टीका सहकारी विभागहरु दुई तीन महिना अगाडी सम्पर्क कार्यालय नै खडा गरेर संघबाट आफ्ना आफ्ना पार्टीका प्रतिनिधि ल्याउनमा व्यस्त बने । अन्त्यमा परिणाम के आयो भने तीनवटै पार्टी कांग्रेस, एमाले र माओादी बसेर सहमती गरेर भागबण्डा गरे । अनी संघमा २१ जना समिति मध्ये अध्यक्ष लगायत १३ जनाको प्रारम्भिक संस्थानै नभएको र संघमा प्रतिनिधि संघमा कुनै सम्बन्धनै नभएका ब्यक्ति निबार्चित भए । परिणाम के आयो आफै अनुमान लगाउनुस् । यस्तो संघले के काम गर्ला त्यो आफै अनुमान गर्नुहोस् । केन्द्रीय संघ, जिल्ला संघको निर्बाचनहरु भईरहन्छ तपाईले देख्नुनै भएको छ । त्यसबारे ऐना जस्तै छर्लंगै छ । यसरी सहकारीको विकास कसरी हुन्छ ?, प्रबर्धन कसरी हुन्छ ?, सहकारीको प्रबर्धन र बिकास गर्ने निकाय गैर कानुनी काम गरी सदस्य संस्थाबाट बर्षेनी करोडौं रकम असुली चिल्ला चिल्ला गाडी र बिदेश सयर गर्छन् । त्यो तितो यथार्थ तपाई माझ पुर्याउन एउटा सहकारीकर्मी भएको नाताले आबश्यक ठाने ।

नेफ्स्कून, बचत तथा ऋण केन्द्रीय सहकारी संघ हो । जसले विभिन्न शिर्षकमा गैरकानुनी तरिकाले रकम असुल गरेको छ । सदस्य संस्थाका कतिजना सदस्य छन्, तिनिहरुको बार्षिक ५ रुपैंयाका दरले फि (शुल्क) लिन्छ । त्यो फि लिएको बर्षौ भईसकेको छ । वासलात हेर्दा त्यो करोडौं संस्थाले बुझाएको रकम कहाँ के मा कसरी खर्च भएको हो ? त्यसको लेखा जोखा छैन । यसरी शुल्क उठाउने छुट कसले दियो ?, यो प्रश्न सहकारी मन्त्रालय, बिभाग र डिभिजनलाई । यसको सार्बजनिक गर्नुपर्छ नेफ्स्कूनले । यसको खोजी कसले गर्ने ?, त्यो रकम हिनामिना गर्दा अथवा गैरकानुनी तरिकाले उठाएको पैसाको अख्तियारी लाग्ने कि नलाग्ने ?, त्यसको जवाफ सहकारी विभागले दिनै पर्छ । जय सहकारी ।



प्रतिक्रिया दिनुहोस