‘सँस्कृति विकासकालागि शिक्षा, तालिम र सूचनालाई सिद्धान्त मानिएको हो’

सहकारी क्षेत्रका अगुवा राजेन्द्र पौड्यालका अनुसार ‘संस्कृति र पहिचान सिक्काका दुई पाटा हुन्। संस्कृतिको संरक्षण गर्दा संस्कृति परिस्कृत भएर जानुपर्दछ। सबैभन्दा गारो त संस्कृतिसंग धर्म जोडियो र कथित पण्डितहरुले यसैको फाईदा उठाईरहेछन्।’

lekhnath dhakal

लेखनाथ ढकाल

समाज र सँस्कृतिलाई यथार्थरुपमा जिम्मेवारीसाथ बोल्ने र स्वार्थ नराखी भन्ने ब्यक्ति, संगठन तथा समुदाय हाम्रो समाजमा अत्यन्त कमजोर छन् । सत्य कुरालाई जटिल र कुटिल नबनाइकन सरलीकरण गरेर समाजलाई ज्ञान दिने कामको अभाव छ । सत्यलाई जिम्मेवारपूर्वक बोल्ने मानिसको समाजमा अभाव छ । कुरामा र काम गराइमा विरोधाभाष छ । विरोधाभाष भएपछि त्यसबाट असल परिणाम प्राप्त हुन सक्दैन । असल सहकारी संगठनहरु समाजमा असल शिक्षा, असल आर्थिक सामाजिक गतिविधि सिकाउने संस्था हुन भनिन्छ तर हाम्रो समाजमा यो कुरामा त्यति प्रभावकारिता देखिदैन ।

समाजमा चन्द्रमालाई देवता भनेर पूजा गरेको कुरालाई भूगोलमा माटो ढुङ्गाकै पिण्ड हो भनेर स्कुलममा पढ्दा एउटा बालकले कत्रो विरोधाभाषको सामना गर्नु पर्दछ । अझ धामी, झाक्री, धार्मिक गुरु, फुक्ने, जोखाना हेर्ने, पण्डित्याइ गर्ने, मठ मन्दिरका पुजारी आदि मानिसहरुको हावादारी कुराको आधारमा चल्ने गरेको हाम्रो सामाजिक सोचको स्तर छ । बच्चा, बुढा वा कोही विरामी भए पहिले झारफुक गर्छन अनि अस्पताल लान्छन । यस्तो सौँच रहेको हाम्रो समाजमा न्युटन र आइन्स्टाइनका विचारलाई आत्मसात गर्ने प्राज्ञको अभाव हुनु अस्वभाविक नमानौ र कुनै उच्च स्तरको चेतना आर्जन गरेको मानिस यस्तो समाजमा ब्युख्याचा बन्नुभन्दा आप्mनो स्वविवेकको वातावरण खोज्दै जानु पनि स्वभाविक नै हुनपुग्यो । प्रतिभापलायनको डरलाग्दो लहरले हाम्रो समाजको भविष्य कता पुग्नगे हो रु जिम्मेवार कोही देखिदैन । सहकारी क्षेत्रले केहीमात्रामा भए पनि यसमा सकारात्मक योगदान गरेको छ । सहकारीले यसमा अझ प्रभावकारी भूमिका खेल्ने प्रयास गर्नु आवश्यक छ ।

हाम्रो सामाजिक चेतना र सामाजिक सोंचको अवस्था जो माथि भनियो, त्यसकै जगमा अभिएर भनिेने राष्ट्रियताु, पहिचानु र लोकतन्त्रु जस्ता कुराले सममाजलाई त उन्नत पारेको कतै देखिएन । अतः सामजिक चेतना, शिक्षा र पुनर्जागरणको आन्दोलनमा पो लाग्ने हो कि अव । यो प्रक्रियामा सहकारी आन्दोलन अग्रस्थानमा आउने गरेको इतिहास पाइन्छ अन्य देशहरुमा, उदाहरणका लागि रुस, स्पेन र अन्य धेरै देशहरु ।

कोही सँस्कृतिलाई बढो ठूलो र निरपेक्ष पहिचान भएको तर्क गर्छन । सँस्कृति विकास गर्न सकिन्छ, सँस्कृति परिवर्तन गर्न सकिन्छ र सँस्कृति नयाँ संरचनाररप्याट्रन गर्न सकिन्छ । परिवर्तनका लागि नयाँ सँस्कृतिको विकास गर्न अपरिहार्य कुरा हो । आर्थिक गतिविधि र प्रविधिको उपयोगले व्यक्ति, पारिवारिक, सामाजिक र राष्टको सँस्कृतिको बाटो तय गर्छ । सँस्कृतिको कुनै सानो पक्षलाई नै सबैथोक भएको मानेर त्यसमा आफ्नो पहिचान खोज्ने कुराको सार्थकता के होला र वास्तविक धरातलमा । सहकारी क्षेत्रका अगुवा राजेन्द्र पौड्यालका अनुसार ‘संस्कृति र पहिचान सिक्काका दुई पाटा हुन्। संस्कृतिको संरक्षण गर्दा संस्कृति परिस्कृत भएर जानुपर्दछ। सबैभन्दा गारो त संस्कृतिसंग धर्म जोडियो र कथित पण्डितहरुले यसैको फाईदा उठाईरहेछन्।’

सहकारी व्यवहारबाट आएको सामाजिक आर्थिक प्रविधि हो, यसले यथार्थताको पक्ष पोषण गर्छ , सत्यको पक्षपोषण गर्छ । असल अभ्यासको सहकारीको विकास हुनका लागि समाजमा, कमसेकम सहकारीका सदस्यहरुमा यथार्थमा आधारित, सत्यमा आधधारित सोच र सँस्कारको विकास हुन आवश्यक छ । अवास्तविक र ढोंगी विचारलाई केन्द्रमा राखेर उभिएको समाजमा वास्तविक सहकारीको विकास हुन सक्दैन । अतः असल सहकारीको विकास हुनका ललागि सहकारीमैत्री सामाजिक साँस्कृतिक कुराको विकास हुन आवश्यक छ । यसैका लागि सहकारीले शिक्ष, तालिम र सूचनालाई आफ्नो सिद्धान्त मानेको हो । सहकारी सँस्कृतिको विकासका लागि शिक्षा, तालिम र सूचनालाई सिद्धान्त मानिएको हो ।



प्रतिक्रिया दिनुहोस