दशैंकालागि शेयर लाभाशंमा ‘नयाँनोट’

new-note

बारा । साना किसान कृषि सहकारी संस्था लि. मनहर्वा, बाराले आफ्ना सदस्यलाई नयाँनोटबाट शेयर लाभांश (बोनस)वितरण सुरु गरेको छ ।

मंगलबारबाट संस्थाले आफ्ना सदस्यलाई गतबर्षको मुनाफाको १५ प्रतिशतका दरमा लाभाशं वितरण सुरु गरेको हो । लाभाशंका लागि मंगलबार देखी संस्थाको कार्यालय मनहर्वामा दिनभर भिडभाड रहेको छ । करिब दुईहजार सदस्य रहेको सहकारीले १५ लाख रकम सदस्यहरुलाई लाभाशं वितरण गर्ने संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिए ।

संस्थाबाट बुझेको दुईहजार रकम देखाउँदै स्थानिय राधिका आर्चायले भनिन्, ‘दशैंको अवसरमा नयाँनोटले बोनस दिएकोमा खुशि लागेको छ । मसँगै धेरै दिदिबहीनिहरुको अनुहार उज्यालो भएको छ ।’

दशौबार्षिक साधारण सभाबाट दशैंको अवसरमा लभाशं बाड्ने घोषण गरेको संस्थाले निकै कसरत पछि सोमबार नयाँनोट साटेको थियो । राष्ट्रबैंक बिरगजंबाट ल्याईएका नोटहरु हाललाई विशेष गरी टिकाटाला चल्ने सदस्यहरुलाई मात्रदिने ब्यवस्था मिलाईएको समेत अध्यक्ष खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस