विर्खे त्यो पात्र हो, जसले सहकारी अभियान्ताको प्रतिनिधित्व गर्छ !

साधारण सभामा अतिथिलाई खाममा राखेर दाम दिने तरिका, सहकारीका नियामक तथा अभियानका प्रतिनिधिहरुला सदस्य सेवा केन्द्र, उद्धेश्य परिवर्तन र कार्यक्षेत्र विस्तारका नाममा सदस्यको पैसा, चुनावमा नेताले कार्यकर्तालाई वाँढे जस्तै कसरी वाँढ्ने सिक्न सक्नु हुनेछ

 

khila.dhak

– खिला दाहाल

विर्खे त्यो पात्र हो जसले नेपालको समग्र सहकारी अभियान्ताहरुको प्रतिनिधित्व गरेको छ भने उसको सपिङ सेन्टरले सहकारीका केन्द्रीय संघ तथा विषयगत संघ संस्थाहरुको प्रतिनिधित्व गरेको छ । सहरमा वसेर साहु वन्ने सपना साहाकार वनाउन विर्खेले अन्तिम अस्त्रको रुपमा सहकारी प्रयोग गरेको हो । उसको सपना पुरा भएर अहिले उ साहुकारी भएको छ ।

शहरमा दामलाई दुई गुणा वनाउने दामी अनी दमदार आईडियाको रुपमा विर्खेले सहकारीको दुकान खोलेको रहेछ । दामलाई दुइगुना वनाउन उसले दिने गरेको सल्लाह सवैलाई सर्वप्रिय लागेपनि उसले गर्ने सहकारीको परिभाषा सर्लक्कै फेरीएको छ र सहकारी सानेकोलगि नभएर सान्दाईको हो भन्न थालेको पनि आज धेरै वर्ष भएको छ । त्यसैले सहकारीवाट दुईदिनमा नै दामी दाम कमाउने सोचले उसले आजभोली सपिङ सेन्टर नामको दुकान खोलेको हुनु पर्छ । उसको दुकानमा सहकारीका भेराइटी आइटमहरु पाइन्छ त्यसैले उसले आफ्नो दुकानको नाम सपिङ सेन्टर राखेको हुनु पर्छ ।

भेराइटी आइटम भन्नाले देश भरीका सहकारीले उत्पादन गरेको अग्र्यानिक तथा ताजा स्वस्थ्य अनी सूपथ मूल्यका सहकारीको लोगो छापेको सामान भन्ने तपाइको मानस पटलमा घुमीरहेको छ भने त्यो त तपाइका पुर्खाले पाएका थिए होलान त्यसैले तपाई अव त्यो कल्पना नगर्नुस् । र विर्खेको दुकानमा ती सवै कुरा पाइदैनन् पनि । देश भरीका ३५ हजार प्रारम्भिक सहकारी संस्थालाई टार्गेट वनाएको विर्खेले उसको दुकानमा आकर्षित गर्न विभिन्न योजना ल्याउने गरेको छ । उसले देशैभरी दुकान अनी केन्द्रीय संघ नामक २२ वटा सपिङ सेन्टर खोलेको छ ।त्यतीले नपुगेर विर्खेले अन्य विर्खवहादुर हरुसंग मिलेर छुट्टै कम्पनी पनि खोलेको छ । आफ्नो सपिङ सेन्टरमा गर्न नमिल्ने कुरा उसले आफ्नो कम्पनीबट गर्छ ।

अब चर्चा गरौं उसको सपिङ सेन्टरमा पाउने कुरा । दुकानमा शिक्षा, स्वस्थ्य, उपभोक्ता, पशु, कृषि, सूचना संचार, जडीवुटी, बहुउद्धेश्यीय, तरकारी फलफूल लगाएतका वोर्ड राखरे दुकान चलाए पनि तपाइले पाउने भनेको बचत तथा ऋण नमाको स्किम यसमा सदस्यलाई दोहेर आफ्नो दुनो भर्ने तरीका, सदस्यलाई उद्यमी र स्वरोजगार वनाउने वहानामा घरको न घाटको बनाउने तरीका, दुइखाले प्रतिवेदन वनाएर जनता झुक्याउने तरीका, सहकारीको खरीदविक्री गर्ने तरीका, आफू जस्तै विर्खवहादुर हरुलाई विभिन्न वहानामा सहयोग गरेर आफू धोतीन टोपी भई कुलेलाम ठोक्ने लगाएतका तरीका अनी एक्सेस र प्रोवेशनको नाममा स्वदेशको एउटा वडावाट अर्को वडामा काम गर्न राज्यलेनै निषेध गरेको संस्थालाई अन्तराष्ट्रीय व्राण्डको लोभमा सदस्यको पैशा कसरी विदेश पठाउन सकिन्छ भन्ने सम्मको तरीका जान्न पाईन्छ ।

अनी यस संग संगै सहकारीका साधारण सभामा अतिथिलाई खाममा राखेर दाम दिने तरीका, सहकारीका नियामक तथा अभियानका प्रतिनिधिहरुला सदस्य सेवा केन्द्र,उद्धेश्य परिवर्तन र कार्यक्षेत्र विस्तारका नाममा सदस्यको पैशा, चुनावमा नेताले कार्यकर्तालाई बाँढे जस्तै कसरी बाँढ्ने सिक्न सक्नु हुनेछ । विर्खे संग सहकारीबाट सिमित व्यक्तीले कसरी लाभ लिने, सहकारीमा राजनिति गरेर कसरी व्यक्तीगत फाइदा गर्ने, तालिम, शिक्षा, सूचनाका नाममा,निजि कम्पनी कसरी मोटाउने, उत्पादनका नाममा वचत तथा ऋण योजना बेच्ने अनी कामकुरो एकातिर झोलावोकी सहकारी तिर कसरी गर्ने सप्पै आइडिया छ । तपाईले विर्खेको सपिङ सेन्टरवाट सदस्यको पैशामा संचालकहरुले भ्रमण अनी शिक्षा तालिमको वहानामा कसरी वाराम्वार विदेश घुम्ने भन्ने पनि सिक्नुहुनेछ भने सहकारीको नेतृत्व तहमा कसरी राजनितिक जालो फिजाउने र सहकारीलाई दलको भातृ संगठन वनाउने भन्ने पनि जान्न पाउनु हुने छ । त्यसैले जाने हैनत विर्खेको सपिङ सेन्टर सहकारीको सुद्दीकरणको लागि । कि कसो त !!

साभार : वर्तमान सहकारी



प्रतिक्रिया दिनुहोस