बेष्ट रेमिट र सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी तथा अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

काठमाडाै । बेष्ट रेमिट नेपाल र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी तथा अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सो सम्वन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट अध्यक्ष अनिल गुरुङ र सहकारी बैकको तर्फबाट प्रवन्ध निर्देशक के.बी. उप्रेतीले सयुक्तरुपमा सोमबार हस्ताक्षर गरे । यो सम्झौतासँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स सहकारी बैंकका ३७ शाखा तथा मुलुकभर रहेका करीब ८००० सदस्य सहकारी संस्थाबाट भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।

सम्झौतापछि बोल्दै बैंकका प्रवन्ध निर्देशक उप्रेतीले बेष्ट रेमिटसँगको सम्झौताले मुलुकभर रहेका सहकारी संस्थाबाट रेमिट्यान्स सेवा र अनलाइन भुक्तानी सेवा दिन पाएकोमा खुसी व्यक्त गरे । यस्तै बेष्ट रेमिटका अध्यक्ष गुरुङले विदेशबाट पठाएको पैसालाई सेवाग्राही सम्म पु¥याउन मुलुकभर संजाल रहेको सहकारी बैंकसँगकोे सम्झौताले थप सहज बनाउने जानकारी दिए ।

सहकारी बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५०० सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस