७ बैशाख २०८१, शुक्रबार

एउटा सहकारी : जसको सदस्य ८० लाख !

९ आश्विन २०७३, आईतवार
एउटा सहकारी : जसको सदस्य ८० लाख !

coop-aa

सन् १८४४ मा शुरु भएको सहकारी अभियान विश्वभर फैलीएको छ । विकशित मुलुक, विकास उन्मुख मुलुक र सबै मुलुकहरुमा सहकारी अभियान फैलीएको छ । उपभोक्ता सहकारीबाट शुरु भएको सहकारी अभियान सबै क्षेत्रमा फैलीएको छ । सहकारीले बचत तथा ऋणको कारोबार त गर्ने नै भयो ।

त्यसको अलावा संचार, शिक्षा, स्वास्थ्य, उपभोक्ता, कृषि लगायत विविध क्षेत्रमा यसको सञ्जाल फैलिएको छ । विश्वभर कति सहकारी छन् ? कति कारोबार गर्छन ? कति यसको सदस्य छन् ? भन्ने यकिन तथ्यांक पाउ निकै कठिन छ । विश्वभर ठूलो सञ्चालको रुपमा फैलिएको छ सहकारी अभियान ।

co-op-group-appoints-richard-pennycook-ceo

प्रमुख कार्यकारी अधिकृत रिचर्ड पेनिकुक

संसारमा यति ठूलो सञ्जाल सहकारी बनाएको छ र संसारकै ठूलो सहकारी कुन होला त ? सबैको चासोको विषय बन्न सक्छ । हरेक हिसाबले हेर्दा संसारकै ठूलो सहकारी हो दि को अपरेटिभ ग्रुप लि । सन् २००० मा को अपरेटिभ होलसेल सोसाईटि र को अपरेटिभ रिटेल सोसाईटी मर्ज भई दि कोअपरेटिभ ग्रुप बनेको थियो । त्यसपछि यो सहकारी संसारकै ठूलो सहकारी भएको हो । यसको केन्द्रीय कार्यालय म्यान्चेस्टरमा रहेको छ । यस सहकारीले खाद्य सामग्रीको साथै विद्युतिय सेवा, कानुनी परामर्श, वित्तिय सेवा, विमा सेवा, उर्जा, कानुनी सेवा लगायत विभिन्न सेवा सदस्यलाई प्रदान गर्दै आएको छ । यस सहकारीको ४ हजार ५ सय स्थानबाट सेवा प्रदान गर्दछ ।

यस सहकारीको ४ सय ५० भन्दा बढी टाभल एजेन्सी छन् । यसको स्वामित्वमा ८ सय भन्दा बढी अन्तिम संस्कार गराउने संस्था समेत रहेको छ । यस संस्थामा ७० हजार कर्मचारीले रोजगारी पाएका छन् । यस सहकारीका ८० लाख सदस्य छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत रिचर्ड पेनिकुक हुन् । गत वर्ष यस संस्थाले ८१ मिलियन खुद नाफा आर्जन गरेको थियो ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति : २०७३ असाेज ९

अभिलेख

लोकप्रिय