६ बैशाख २०८१, बिहीबार

सहकारी मन्त्री बने हृदयराम थानी

१० भाद्र २०७३, शुक्रबार
सहकारी मन्त्री बने हृदयराम थानी

thaniकाठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्रीमा सांसद हृदयराम थानी नियुक्त भएका छन् । सहकारी मन्त्रालय गठन भएयता ५ मन्त्री सहकारी मन्त्रालयले पाएको छ ।

मन्त्रालय स्थापना कालमा एकनाथ ढकाल मन्त्री भएका थिए । त्यसपछि खिलाराज रेग्मी प्रधानमन्त्री भएको समयमा रेग्मीले नै मन्त्रालय सम्हालेका थिए भने सुशील कोइराला प्रधामन्त्री हुँदै उनलै मन्त्रालय सम्हालेका थिए । त्यसपछि केपी शर्मा ओलीको पालामा राष्ष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीले सहकारी तथा गरिबी निवारणसँगै उपप्रधानमन्त्रीसमेत पाएका थिए ।

सहकारी मन्त्री थानीको राजनीतिक यात्रा

२०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रुपमा बयलकांडा सुर्खेतमा जन्मिएका थानी वीरेन्द्रगनर नगरपालिका–१, सुर्खेतमा बस्दै आएका थिए ।

इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमए गरेका हुन्।

विद्यार्थी राजनीतिमा शुरु देखिनै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए।

नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५/२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९/२०६०मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरे।

नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए । थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन विताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल, पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोलजेल हालियो।

अभिलेख

लोकप्रिय