गरिबी निवारणका बजेट सहकारी मार्फत वितरण हुनुपर्नेमा जोड

baglung1

बागलुङ । गरिबी निवारणका लागि राज्यले विनियोजन गरेको बजेट सहकारी मार्फत परिचालन गर्नु पर्नेमा बागलुङका सहकारीकर्मीहकरुले जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैक शाखा कार्यालय बागलुङले सोमबार आयोजना गरेको राष्ट्रिय सहकारी बैंक लिमिटेड र सहकारी संघ संस्थाहरुबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक मार्फत देशभरका सहकारीहकरुलाई परिचालन गर्न सकेमा गरिवी निवारणको रकम सही सदुपयोग हुने उनीहरुको भनाइ थियो ।

सहकारी गरिवी निवारणको महत्वपूर्ण पाटोका रुपमा स्थापित हुदै गएपनि राज्यले विनियोजन गरेको बजेट सहकारीलाई नदिई अन्य क्षेत्रमार्फत परिचालन गरिएको भन्दै सहकारीकर्मीहरुले राज्यले सहकारी बैंक मार्फत बजेट परिचालन गर्न माग गरेका हुन् । गरिवी निवारणका नाममा विभिन्न क्षेत्रमार्फत परिचालनको प्रक्रियालाई एकीकृत गरी सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत सहकारी बैंकलाई अगाडि बढाउनु पर्ने वक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी मार्फत दीगो आर्थिक विकासका लागि राज्य, सहकारी र नीजि क्षेत्रका बीच समन्वय आवश्यक रहेको बताउनु भयो । सहकारी बैंकको अवस्थाका बारेमा जानकारी गराउदै उहाले देशभर सञ्जाल भएको, ७५ करोड शेयर, १२ अर्ब निक्षेप र ७ अर्ब लगानी रहेको बैंकले राज्यको योजनालाई सहयोग गर्न तत्पर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङ प्रमुख विष्णुप्रसाद शर्मा, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मना केसी, बैंक समन्वय उपसमितिका पूर्व संयोजक कृष्णशंकर श्रेष्ठ, वचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्मा, पर्वतका सहकारीकर्मी लालबहादुर अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: २०७३ साउन २४ गते



प्रतिक्रिया दिनुहोस