संघ/संस्थाहरुको पाश्र्वचित्र प्रकाशित

baglung

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला स्थित सहकारी संघ/संस्थाहरुको पाश्र्वचित्र (प्रोफाईल) नामक पुस्तक एक कार्यक्रमकबीच बिमोचन गरेको छ ।

सहकारी क्षेत्रमा रहेका कमी कमजोरीलाई सुधार गर्न तथ्याङकको आवश्यकता पर्ने भएकाले जिल्लाका सहकारीको यथार्थ अवस्था सार्वजनिक गरेको संस्थाले जनाएको छ ।  डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, दुग्ध सहकारी संघ, वचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसंगको समन्वयमा प्रकाशित पुस्तकमा जिल्लाका सबै सहकारीहरुको वित्तिय तथा सेवा क्षेत्रका बारेमा उल्लेख गरिएको छ ।

जिल्लामा दर्ता भएका ४ सय ६० सहकारी संघ संस्थामध्य २४ वटा खारेज भएको र करिब ३० वटा खारेजीको प्रक्रियामा रहेका छन् । उक्त पाश्वचित्र पुस्तक बिमोचन गर्दै राष्ट्रिय सहकारी बैँकका प्रबन्धक सञ्चालक केबी उप्रेतीले सहकारी आन्दोलनलाई अगाडी बढाउनका लागि नीति, नियम र सिद्धान्त अनुसार चल्नुपर्ने बताए । उप्रेतीले क्षमता विकास नभएका सहकारीलाई एकीकरण गर्दै सकरात्मक ढंगबाट एकताबद्ध भई अगाडी बढ्न आग्रह गरे ।

पुस्तकका बारेमा जानकारी गराउदैँ आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जिल्लाका सहकारी संघ संस्थाको आर्थिक वर्ष २०७१÷०७२ को वित्तिय अवस्था अनुसार कुल शेयर रकम १ अर्व १७ करोड ३१ लाख ९७ हजार ७ सय ७५, बचत २ अर्व ७६ करोड ४९ लाख ४४ हजार ५ सय ८२, लगानी ३ अर्व १६ करोड ३८ लाख ७१ हजार ९ सय ३५ रहेको जानकारी गराए । यस्तै कुल आम्दानी ५० करोड ८४ लाख ३४ हजार ८ सय ५० र कुल खर्च ३९ करोड ८३ लाख ३३ हजार ४ सय ७ रुपैँया रहेको जिसीले जानकारी दिए । उनले जिल्लाका सहकारीहरुले आर्थिक वर्ष २०७१÷०७२ मा ७ अर्बको कारोबार गरेको बताए ।

सहकारीका अनुसार २ सय पुस्तक छपाई गरिएको र पुस्तक बिक्रिबाट आएको रकमको खर्च कटाई पत्रकारका लागी अक्षयकोष स्थापना गरिनेछ । सहकारी क्षेत्रमालाग्ने बागलुङमा पुरुष २ सय ६४ र महिला ४ सय १६ जना हुँदा बढि महिला देखिएका छन् ।

प्रकाशित मिति: २०७३ साउन २४ गते



प्रतिक्रिया दिनुहोस