७ बैशाख २०८१, शुक्रबार

सिवाईसी सहकारीद्धारा राहत वितरण

१२ श्रावण २०७३, बुधबार
सिवाईसी सहकारीद्धारा राहत वितरण

cyc

बागलुङ । १० गते देखी लगातार परेको अविरल वर्षासंगै आएको वाढिले बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा भएको व्यापक धनजनको क्षतीलाई मध्येनजर गरी सिवाईसी बचत तथा ऋण सहकारीले आपातकालीन राहत सहयोग उपलव्ध गराएको छ ।

वाढिका कारणले घरवास गुमाई खुल्ला आकाशमा वस्न वाध्य भईरहेको अवस्थामा सिवाईसी साकोसले वाढी पिडित भिमगिठे ८ भिमखाल निवासी निरज श्रेष्ठ, टंकवहादुर के.सी, टेकवहादुर अर्गेजा, दलवहादुर अर्गेजा र मिनवहादुर थापालाई ५/५ हजार र सोही निवासी नरबहादुर थापालाई ३ हजार र मेयरसिंह माकिनलाई २ हजार गरी ३० हजार राहत सहयोग उपलव्ध गराएको हो ।

सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले प्रत्यक्ष रुपमा वाढीले पु¥याएको क्षती ठाँउहरुमा बुर्तिवाङ सदस्य सेवाकेन्द्र मार्फत राहात वितरण गरेको पौडेलले वताए ।

सिवाईसी साकोस सदस्य सेवाकेन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता, ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख सुर्यप्रकाश शर्मा, भिमगिठे उमावि शिक्षक खिमवहादुर थापा लगाएतको उपस्थितीमा राहत वितरण गरीएको हो ।

प्रकाशित मिति : २०७३ साउन १२ गते

अभिलेख

लोकप्रिय