६ बैशाख २०८१, बिहीबार

किसानको मुनाफा ४ करोड ९५ लाख

५ श्रावण २०७३, बुधबार
किसानको मुनाफा ४ करोड ९५ लाख

kisan sahakari

कैलाली । किसान बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९५ लाख मुनाफा आर्जन गरेको छ ।

२०५२ सालमा स्थापना भई २०६४ साल बाट नेपाल राष्ट्र बैंकबाट सिमीत बैकिङ  कारोबार गर्न स्विकृती प्राप्त गरेको थियो । संस्थाले आफ्नो कार्य क्षेत्रमा विपन्न वर्गमा घरदैलो वित्तीय सेवा पु¥याउने उद्धेश्यका साथ २०६४ सालबाट लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कैलाली जिल्ला कार्यक्षेत्र भई काम गरि रहेको यस संस्थाले १७ वटा सेवा केन्द्र मार्फत ३७ हजार विपन्न परिवारमा प्रत्यक्ष आधुनिक वित्तीय सेवा पुर्याउँदै आईरहेको छ भने हाल यो संस्थाको पूँजी ५ करोड ८० लाख रहेको भने बचत ६२ करोड २८ लाख र लगानी १ अर्ब ७ करोड रहेको छ ।

संस्थाले सामाजिक उत्तर दायित्व वहन गर्ने क्रममा हरेक बर्ष एसएलसीमा उत्कृष्ट अंक ल्याउने विपन्न परिवारका १० जना बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत दिदै आएको छ । शेयर सदस्को मृत्यृमा २५ हजार काज कृया खर्च तथा लघु कर्जा ऋणी सदस्यको मृत्यु भएमा पुरै ऋण मिनाहा समेत गर्ने गरेको छ । साथै सदस्यहरुलाई सुत्केरी सुविधा, आगलागी भएमा राहत सुविधा समेत दिदै आएको छ ।

हाल यस संस्थाले कैलाली जिल्लाका सम्पुर्ण नगरपालिका तथा गा. बि. स. हरु मा आधुनिक बित्तीय सेवा अन्र्तगत निशुल्क एसएमएस सेवा (सदस्यको बचत, कर्जा तिरेको,जम्मा गरेका जानकारी दिने) का साथै ट्याब्लेट बैकिङ सेवा समेत संचालन गरेको छ ।

कृषि क्षेत्रलाई आधुनिककरण तथा ब्यवसायमुखी बनाउने उद्धेश्यका साथ ३ जना कृषि प्राविधिक (जेटिए) मार्फत सदस्यको घरदैलौमा गई कृषि परामर्श तथा तालिमको सेवा दिदै आइरहेको छ । सुलभ दरमा केन्द्रिय कार्यालय लम्कीले आफ्नै भवनबाट मलखाद समेत बिक्री वितरण गर्दै आईरहेको छ । कैलाली जिल्लामा कृषिमाबाट उत्पादन भई बिग्रने तथा नासिन बाट बचाउन र उत्पादन बस्तुको उचित मुल्य निर्धारण गर्ने उद्धेश्यले यस संस्थाले १ विगाहा जग्गा समेत खरिद गरी चाडै नै कोल्ड स्टोरका ेनिर्माण कार्य सुरु गर्ने छ ।

अभिलेख

लोकप्रिय