१५ चैत्र २०८०, बिहीबार

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ६ दिने 'सहकारी व्यवस्थापन' तालिम

१५ असार २०७३, बुधबार
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ६ दिने 'सहकारी व्यवस्थापन' तालिम

beni sahakari

बेनी । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आजदेखि बेनीमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सुरु भएको छ ।

डिभिजन सहकारी कार्यालय बागलुङको आयोजनामा सुरु भएको तालिमको संयोजन र जिल्ला सहकारी संघ, म्याग्दीले गरेको हो । तालिम उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सहकारीको स्थापना भन्दा पनि सञ्चालन र विश्वसनीयता प्राप्त गर्नु मुख्य चूनौति भएको बताए । सहकारीको मूल्य मान्यतामा रहेर काम गर्नु पर्ने भन्दै एकाध सहकारीको ठगीको कारण विश्वसनीयता कम हुदै गएको उनको भनाई थियो ।

म्याग्दी र पर्वतका सहकारीका सञ्चालक, सदस्यलाई सहकारी सञ्चालन र व्यवस्थापनबारे प्रशिक्षण दिने उद्देश्यले तालिमको आयोजना गरेको सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले बताए ।

कार्यक्रममा जिल्ला संघका कोषाध्यक्ष जमुना आचार्य, भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सुवेदी र सहभागीको तर्फबाट विसमायाले पुनले आफ्नो धारणा राखेका थिए ।

१९ गतेसम्म सञ्चालन हुने तालिममा म्याग्दी र पर्वतका १८ वटा सहकारी संस्थाका २४ जना सहकारीकर्मीको उपस्थित रहेको छ ।

प्रकाशित मिति : २०७३ असार १५ गते बुधबार

अभिलेख

लोकप्रिय