सामाजिक प्रभावकारीता बारे कार्यशाला

kick workshopकाठमाडौं । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीताको बारे कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका अध्यक्ष श्री थापा, प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण तथा अुनगमन विभाग, लघु वित्त शाखाका प्रमुख डा. विनोद आत्रेय, सि.एम.एफ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. हरिहर आचार्य र श्रोत ब्यक्ति कातार्जिना पाउ्लकले लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीताको महत्व र यसलाई मापन गर्न सक्ने विधि र मापदण्डको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट लघु वित्तका क्षेत्रमा कार्यरत प्रमुख २७ वटा संस्थाका जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

लघु वित्तको आर्थिक तथा सामाजिक उद्देश्यहरु अनुरुप संस्थाको वर्तमान अवस्थाको मापन र नेपालको राष्ट्रिय अवस्थाको अध्यय्नको विषयमा अनुभवको आदान प्रदान र प्रयोगात्मक अभ्यास गरिएको थियो । लघुवित्त संस्थाहरुको निम्ति सामाजिक प्रभावकारीता ब्यवस्थापनका विश्वब्यापी मापदण्डहरुको बारेमा विचार विमर्श गरिएको थियो ।

कार्यशालाबाट लघुवित्त संस्थाहरुमा सामाजिक दायित्व बहन गर्ने सन्दर्भमा देखापरेका चुनौतिहरुलाई समाधान गर्न उचित राष्ट्रिय नीतिको निर्माण र सोको ब्यावहारिक कार्यान्वयनमा जोड दिन मद्दत पुग्ने विश्वास लिइएको छ । २०७३ श्रावण भित्रमा राष्ट्रिय प्रतिवेदन तैयार पार्नका लागी सहभागी लघुवित्त संस्थाहरुले २७ वटा सूचकहरुको आधारमा आफ्नो संस्थाको विद्यमान अवस्था पहिचान गरि सोको प्रतिवेदन तैयार गर्ने कार्ययोजना बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस