विश्व किसान सम्मेलन काठमाडौँमा हुने

काठमाडौं । आगामी जेठ २ गतेदेखि विश्व किसान सम्मेलन काठमाडौँमा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्वभरका किसानको साझा समस्याबारे सामूहिक छलफलका लागि उक्त सम्मेलनको अयोजना गर्न लागिएको सम्मेलनका संयोजक भैरवराज रेग्मीले जानकारी दिए ।

सम्मेलन जेठ २३ गतेसम्म चल्नेछ । सम्मेलनमा ५० भन्दा बढी मुलुकका प्रतिनिधिको सहभागिता रहने छन् । सम्मेलनमा किसानका समस्यालाई विश्वव्यापी रुपमा कसरी उठाउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुने संयोजक रेग्मीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस