१५ चैत्र २०८०, बिहीबार

सञ्चालनको दोस्रो दिनमै मेट्रो बसमा ढुङ्गा प्रहार

१ चैत्र २०७२, सोमबार
सञ्चालनको दोस्रो दिनमै मेट्रो बसमा ढुङ्गा प्रहार

काठमाडौं । सञ्चालनको दोस्रो दिनमै महानगर यातायात प्रालिको मेट्रो बसमा ढुङ्गा प्रहार भई क्षति पुगेको छ ।

चक्रपथ घुम्ने क्रममा बस एकान्तकुना हुँदै बल्खु आइपुगेको थियो । सोही क्रममा बा४ख १०६ नंको बसमा ढुङ्गा प्रहार हुँदा क्षति पुगेको हो । कसले ढुङ्गा हानेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

उनका अनुसार बसको झ्यालको सिसा फुटेको छ भने मानवीय क्षति भएको छैन । सुविधासम्पन्न उक्त बस कहाँ आइपुग्दैछ भनेर यात्रुले एप्स हेरेर आउने समय पत्ता लगाउन सकिने सुविधा छ ।

आइतबार उद्घाटन गरिएको ३९ बसका लागि प्रालिले १६ करोडको लगानी गरेको छ । उक्त बसमा यात्रुले निःशुल्क वाइफाइका साथै टेलिभिजन सुविधा पनि पाउनेछन् ।

अभिलेख

लोकप्रिय