४ बैशाख २०८१, मंगलवार

सहकारीका आधारभूत कुराहरु…

२१ माघ २०७२, बिहीबार
सहकारीका आधारभूत कुराहरु…
  • लेखनाथ ढकाल,

प्रस्तावना

क) सहकारी क्षेत्र नागरिक समाजमा स्वतन्त्र रुपले हुने असल सामाजिक–आर्थिक गतिविधि हो, यो राजनीतिक र धार्मिक तटष्थ चरित्रको हुन्छ । सामुहिक स्वामित्व र सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रणमा सञ्चालन हुने सङ्गठनमार्फत सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय गर्ने प्रविधि हो सहकारी । सहकारी व्यवसायिक सङ्गठन हो र यसले खुल्ला बजारमा प्रतिस्पर्धि कारोवार गरेर सदस्य र समुदायलाई लाभ पुर्याउने गर्दछ । राज्यको निर्देशन र नियन्त्रणमा आधारभूत चरित्रको सहकारी विकास हुन नै सक्दैन । सहकारीका आधारभूत सँस्थागत चरित्र विकास नभएका सङ्गठनहरु कानुनी श्रेस्ताको आधारमा मात्र सहकारी हुदैनन् । सङ्गठन सँस्कार र व्यवहारले यथार्थमा सहकारीको पहिचान हुने हो । सहकारीका सबै सदस्य समान हुन्छन, सेयरका आधारमा सिमित मुनाफा लिन्छन र कारोवारका आधारमा पनि लाभांश लिन्छन् । सहकारीले आर्जन गरेको रकमको ठूलो हिस्सा न्युनतम पनि २५% जगेडा कोषमा छुट्याउँछन् ।

ख) सहकारी सङ्गठन समुदायमा व्यवसायिक कार्य गरी सामाजिक आर्थिक विकासमा सहयोग पुर्याई रहेका हुन्छन् । त्यसैले राज्यले सहकारीलाई सहयोग, समर्थन र सुरक्षा प्रदान गर्दछ । राष्ट्रको अर्थतन्त्र र सामाजिक विकासमा सहकारीको योगदानलाई अझ शसक्त बनाउन राज्यले छुट, सुविधा र ठूलो लगानी यस क्षेत्रको विकास तथा प्रबद्र्धनमा गरिरहेको हुन्छ । सारंशमा भन्नु पर्दा समाजमा असल सँस्कार र नैतिकतापूर्ण आर्थिक क्रियाकलापका लागि असल सहकारी क्षेत्रको विकास हुन आवश्यक छ ।

सहकारीको ऐन, नियम, कानुन र व्यवहार कस्तो हुनुपर्ने ?

क) माथि प्रस्ताबनाका (क) र (ख) मा उल्लेखित अभिव्यक्तिहरु सहकारीका विश्वव्यापी आधारभूत प्रस्तावना हुन । हाम्रो सहकारी क्षेत्रको परिमार्जन र विकास गर्न यी कुरालाई मान्ने कि नमान्ने ?

ख) यी कुरामा विमती राखेर ऐन नियम बनाउदा त्यो सहकारीमैत्री हुन्छ कि यसले अन्तै पुु्ुुर्याउँछ ।

ग) ऐन कानुन जस्तो भए नि यी कुरालाई विर्सेर सहकारी चलाउँदा सहकारी नै भइन्छ कि अर्कै भइन्छ ?

शिक्षामा समावेश नगरिएको विषयले समाजमा आप्mनो यथार्थता कायम गर्न नसक्ने ।

क) हाम्रो देशमा सहकारीलाई शिक्षामा समावेश नगरिएका कारणले यसको यथोचित सम्बोधन गर्ने हैसियत भएको कुनै प्राज्ञ पनि देखा परेको छैन । प्राज्ञिक क्षेत्रबाट सम्बोधन हुन नसकेका सामाजिक विषयलाई यसको वास्तविक रुपमा बुभ्mने बुझाउने कुरालाई कठिन पर्ने विषय नेपालमा सहकारीप्रतिको धारणाबाट सजिलै बुभ्mन सकिन्छ । विषयको वास्तविकताभन्दा टाडा पुगेर यसलाई उपयोग गर्न सकिदैन, असल अभ्यासको सहकारी क्षेत्र विकास गर्न सकिदैन ।

ख) सहकारीलाई दुरुपयोग गर्ने प्रबित्ति हावी हुनुमा यसलाई कतैवाट खास गरी राज्य र स्वयं सहकारी क्षेत्रबाट पनि नसकिएको कुरा हाम्रो यथार्थ रहेको छ ।

अब के गर्ने ?

क) हाल भइरहेका सहकारी र उनीहरुले गरी आएको कारोवारलाई सम्बोधन गर्ने नयाँ कानुन ल्याउनु पर्छ र सहकारी भएर चल्न चाहनेहरुले सहकारीको चरित्र भएको संगठनका रुपमा रुपान्तरित हुनुपर्ने छनोटको अवस्था बनाउनु पर्दछ ।

ख) सिद्धान्त र आधारभूत प्रस्तावनालाई आत्मसात नगर्ने सहकारी कानुन ल्याउने हो र भई रहेका सहकारीहरुले अाफ्नाे अाफ्नाे संगठनका स्वार्थलाई मात्र हेरेर कानुन यस्तो होस र उस्तो होस भनिरहने हो भने सहकारी क्षेत्रमा नेपाल १०० वर्ष पहिलेको ब्रिटिस उपनिवेशकालको चेतनामा रहेको मानिने पक्का छ ।

ग) आजको जमानामा विश्वका सामु नेपाल र नेपालीको इमेज नै पछौटे देखिने गरी विकृत कानुन बनाउने प्रयत्न नगरौ । सहकारी केबल एउटा देशको विषय होइन, यो विश्वब्यापी चासो र सरोकारको विषय हो । क्रमश……… 

अभिलेख

लोकप्रिय