पर्यटन प्रवद्र्धन गर्न एशिया भ्रमण 

काठमाडाैं । शान्ती र बिकासका लागि पर्यटन मुख्य नारा सहित युवाहरुको टोली एशिया भ्रमणमा जाने भएको छ । संयुक्त युवा संगठनको  आयोजनामा गरिएको एसिया भ्रमण मार्फत नेपालको पर्यटन प्रबद्र्धन  गर्न १२ जना युवाको टोली जाने भएको हो । बंगलादेश, म्यानमार, कम्बोडिया, लाओस, सिंगापुर र मलेशियाको भ्रमण तथा थाइल्याण्डको हुन लागेको अन्तर्राट्रिय स्तरको कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ ।

नेपालको टुरिजम् प्रमोट गर्ने मुख्य उद्येस्य सहित जान लागेको यो टोलीलाई नेपाल टुरिजम बोर्ड, नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस ( नाट्टा ), डाइनामिक ट्राभल्स, पाथीभरा देबि ट्राभल्स, बोन ट्राभल्स र  युरो ट्राभल्सले सहयोग गरेका छन् । २१ दिन लामो भ्रमणबाट नेपाली टुरिजम क्षेत्रको बारेमा जानकारी गराउन सफल बन्ने संयुक्त युवा संगठनका अध्यक्ष दिबाकर बाबु भट्टराईले बताए ।

नेपालको टुरिजम् क्षेत्र भुकम्प पश्चात पनि उस्तै रहेको बारे भ्रमणमा अबगत गराउँदै  एसियाका बिभिन्न देशमा हुन गइरहेका कार्यक्रममा पनि देशको टुरिजम्को अबस्था बारे अन्तर्राष्ट्रिय सहभागीहरुलाई जानकारी गराउने योजना रहेको युवा संगठनले जनाएको छ ।  नेपालमा जारी नाकाबन्दीका बाबजुद पनि नेपालको टुरिजम् क्षेत्रमा असर नपरेको कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन यो भ्रमणले सहयोग गर्ने बिस्वास संस्थाको छ ।

दिगो बिकास, शान्ती, प्राकृतिक प्रकोप न्युनिकरण, अन्तर्राट्रिय स्तरमा नेपाली युवाहरुको पहुँच, युवाहरुको नेतृत्व बिकास, महिला शशक्तिकरण लगायतका क्षेत्रमा कार्य गरिरहेको संयुक्त युवा संगठनले टुरिजम प्रमोटको लागि पनि कार्य गरिरहेको छ ।

माघ १७ गते देखि फागुन ११ गते सकिने यो भ्रमण लागि बिभिन्न राष्ट्रिय तथा अन्तर्राट्रिय संगठनहरुको सहयोग रहेको छ । बिहिबार एक कार्यक्रमको अबसर पार्दै भ्रमणमा सहभागि युवाहरुलाई बिदाई गरिएको छ । भ्रमणलाई सफल र सबल बनाउन संगठनले संबन्धित सबैलाई आब्हन गरेको छ ।



प्रतिक्रिया दिनुहोस