१५ चैत्र २०८०, बिहीबार

'बागमती'मा दयाहाङलाई रिप्लेस गर्ने को ?

२ पुष २०७२, बिहीबार
'बागमती'मा दयाहाङलाई रिप्लेस गर्ने को ?

काठमाडाैं । यही पुस २४ बाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘बागमती’को चर्चा यतिबेला चुलिंदो छ । राजेश हमालको कमब्याक भन्दै प्रचार गरिएको यो फिल्मको निर्माणसँग जोडिएको साउथ ईण्डियन प्रबिधी तथा सार्वजनिक ट्रेलर तथा टिजरको एक्शनले स्वभाविक रुपमा दर्शक तथा फिल्मी सुभचिन्तकहरुमा उत्सुकता बढेको पाईन्छ ।

यो बीचमा नयाँ खबर बाहिरिएको छ, यो फिल्ममा अर्का स्टार अभिनेता दयाहाङ राईले पनि अभिनय गर्ने पक्कापक्की भएपनि अन्त्यमा उनलेस्थान नपाएको कुरा सार्वजनिक भएको हो । जानकारीमा आए अनुसार फिल्मको स्कृप्ट पढेर ‘बागमती’मा अभिनयको लागी दयाहाङ तयार भएका थिए, तर अन्त्यमा उनले निभाउनुपर्ने पात्रले ट्रक चलाउनुपर्ने भयो, र त्यसको लागी दयाहाङ फिट भएनन् । ड्राईभिङको अनुभव नभएको बताएपछि निर्माण टिमले ट्रक नै किनेर उनलाई अबसर दिँदा समेत संभावना नदेखिएपछि उनी आउट भएको निर्माता दिनेश दर्शनधारीले बताए । तर नाम चलेको स्टारलाई समेट्न नसक्दा पनि उनको स्थान लिएर फिल्ममा आएका रविकर घिमिरेको कामले दर्शकलाई दयाहाङको अभाव महसुस हुन नदिने दाबी निर्देशकले समेत गरेका छन् ।

हाल भारतमै फिल्मको प्रोडक्शनको अन्तिम काममा व्यस्त निर्देशक सन्नि केरालाले फिल्ममा दयाहाङलाई रिप्लेस गर्दै प्रवेश गरेका रविकरको भूमिकाको तारिफ गर्दै उनको नाम नेपालको एक संभावना बोकेको अभिनेताको रुपमा चित्रित गरे । यो फिल्ममा रविकर र हमालसँगै एक्शन किङ शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की लगायत लिड रोलमा छन् ।

अभिलेख

लोकप्रिय