१५ चैत्र २०८०, बिहीबार

एसियन इन्स्टिच्युट र लाओसको सरकारी संस्थावीच सम्झौतामा हस्ताक्षर

१८ भाद्र २०७२, शुक्रबार
एसियन इन्स्टिच्युट र लाओसको सरकारी संस्थावीच सम्झौतामा हस्ताक्षर

काठमाडौं । एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) नेपाल र लाओस परराष्ट्र विभाग अन्तरगतको सरकारी संस्था इन्सटिच्यूट अफ फरेन अफेयरवीच दुई पक्षीय आपसी लाभका विषयमा समन्वय गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुईपक्षबीच बिहीबार होटल ¥याडिसनमा आयोजित एक कार्यक्रमका वीच कुटनीति, सामाजिक र शान्ति अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, क्षेत्रिय र अन्तराष्ट्रिय विकास र साझा चासोका अन्य विषयमा सूचना र धारणा आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।

समझदारी पत्रमा एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) का संस्थापक एवम् कार्यकारी निर्देशक सुनिल केसी र नेपालका लागि लाओसका राजदूत साउथन साकोनिनहमले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हस्ताक्षर भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत साउथनले नेपाल जस्तो देशको एउटा प्रतिष्ठित गैरसरकारी संस्थासँग समन्वय गर्न पाउँदा आफूलाई खुशी लागेको वताए । उनले नेपाल आफू पहिलो पटक आएको र नेपाल आउनासाथ समन्वय गर्ने विषयमा सहमति भएको र कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विकासका सवालमा आपसमा मिलेर अघि बढ्ने वताए ।

यस्तै एआईडीआईएका कार्यकारी निर्देशक सुनिल केसीले लाओसको विदेश मन्त्रालयसँग सम्बन्धित सरकारी निकायसँग सहकार्य गर्न पाएको र यसले आफ्नो संस्थालाई आगामी दिनमा अगाडि बढ्न थप हौसला प्रदान गरेको वताए ।

समझदारी पत्र अनुसार इन्सटिच्यूटको वैज्ञानिक, बौद्धिक र अनुसन्धानको क्षेत्रमा सुधार गरिने, दुवै पक्षबीच मित्रता र समझदारी प्रबद्र्धन गर्ने लगायतका ८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

अभिलेख

लोकप्रिय