आउने भयो सहकारी ऐन-२०७२, मस्यौदामाथी छलफल सकियाे

काठमाडौं । सहकारी ऐन, २०७२ को प्रारम्भिक मस्यौदामा विभिन्न सरोकारवाला निकाय संग छलफल भएको छ ।

बिहिबार सहकारी तथा गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, विभिन्न केन्द्रीय सहकारी संघ, सहकारी विज्ञ र स्टेक होल्डर बीच छलफल गरेको हो ।

छलफलमा आएका राय सुझावलाई ऐनमा समावेश गरी मस्यौदालाई केही दिन भित्रै अन्तिम रुप दिने सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद पोखरेलले सहकारीखबरलाई जानकारी दिए ।

‘हामीले मस्यौदा माथी विभिन्न निकाय संग छलफल गरौं । केही दिनमै ऐनको छलफलमा आएका सुझावलाई मस्यौदामा समावेश गर्ने छौं’, उनले भने, ‘त्यसपछि कानुन मन्त्रालय पठाउने छौं ।’

तस्बिर साभार : दामोदर अधिकारीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस