‘सहकारी मर्कन्टाइल प्रकृतिभन्दा पनि कोलाब्रेटिभ हुनुपर्दछ’

डा. अविन ओझा दमौली तनहूँका स्थायी बासिन्दा हुन । केही समय अघि मात्र ओझाले भारतको लखनऊस्थित बाबासाहेव भीमराव अम्वेडकर केन्द्रीय विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी गरेका हुन् ।
ओझाले ‘इम्पयाक्ट्स अफ को–ओपेरेटिभ्स् अन सोसियो–इकोनोमिक डेभलपमेन्ट स्टडी अफ तनहूँ डिस्ट्रीक अफ नेपाल’ विषयमा पीएचडी शोधकार्य सम्पन्न गरेका हुन । उनले नेपालको सामाजिक–आर्थिक विकासमा सहकारीले पारेको प्रभावको गहन अध्ययन गरेका छन् । शोधकार्य नेपालको सन्र्दभमा सहकारी अभियान आर्थिक सशक्तिकरण, प्रजातन्त्रिक प्रणालीको अभ्यास, क्षमता अभिवृद्धि, समाजिक समावेसिता तथा सम्वद्धता आदिमा महत्वपूर्ण रहेको छ । प्रस्तुत छ ओझासँग सहकारीका विभिन्न पक्ष र पाटोमा सहकारीखबरका लागि कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी :-

obin ojha_sk.comसहकारीका विषयमा लामो अध्ययन, अनुसन्धान गर्नुभयो । यस अवधिमा तपाइँले बुझेको सहकारी के हो ?
सहकारी सदस्य एवं समुदायको सामाजिक–आर्थिक विकास गर्ने सामुहिक, संगठित तथा कानुनी प्रयास हो । जहाँ कुनै एक व्यक्तिले एकल प्रयासमा आफ्नो समाजिक आर्थिक विकासको सम्भावन सहज देख्दैन तब समान हैसियत भएका आफ्नै समुदायका मानिसहरू मिलेर संगठित भई विकासको मार्ग प्रस्तुत गर्ने मध्यम हो ।

अध्ययनको क्रममा नेपालको सहकारी अभियान र अन्य मुलुकको सहकारी अभियानमा के अन्तर पाउनु भयो ?
नेपालको सहकारी अभियानको कुरा गर्दा ग्रामिण दुर दराजमा स्थापित अधिकांस सहकारीहरू वास्तविक सहकारी हुन् भने शहरकेन्द्रित केही लाई छाडेर अरु बैक तथा वित्तिय संस्थाका छोटे भाई सरह छन् । अन्य देशमा सहकारी अभियान मर्यादित छ, सहकारी प्रति जनताको विश्वास छ । सहकारीहरू वहुआयामिक छन् । आर्थिक/वित्तिय कृयाकलापका अतिरिक्त सहकारीहरू को उपस्थिती समाजिक उपयोगितको क्षेत्रमा तारिफ योग्य छ । को–ओपरेटिभ्स फर एण्ड अफ को–ओपरेर्टसको सिद्धान्तमा अडिग छन् । नेपालका अधिकांश सहकारी मर्कन्टाईलिजम्स स्पिरिटका छन् । इनभेस्टरको भेस्टेड इन्ट्रेस्ड मोटिभ्स । वास्तवमा सहकारी मर्कन्टाइल प्रकृतिभन्दा पनि कोलाब्रेटिभ हुनुपर्दछ । को–ओपरेटर्सको समाजिक–आर्थिक समृद्धिको निम्ति । अधिकांश नेपाली सहकारीमा यसको अलिक अभाव छ ।

नेपालको सहकारी कुन रूपमा विकास भईहेको छ ?
जटिल र गम्भीर सवाल उठाउनु भयो । नेपालमा सहकारीको विकास र विस्तार कुन रुपमा हुनु पर्ने हो र वर्तमानमा कसरी भइ रहेको छ ? यो सहकारी अभियानको सफलताको लागि अत्यन्त महत्वपूर्ण मद्दा हुनु पर्दछ । नेपालमा सहकारी अभियान आक्रामक रुपमा अगाडी वढ्नु सहकारी आन्दोलनको व्यापकताको हिसाबले अति नै तारिफ योग्य कुरा हो । तर यसको सही नियमन तथा दिशा नहुन अर्को विकराल समस्या हो । जसका कारण सहकारी अभियान नै धारासायी हुने खतराको सम्भावनालाई पनि नजरअन्दाज गर्न सकिदैन ।

नेपालको अन्तरिम संविधानले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाको स्वीकारेको छ । यसलाई कसरी लिनुहुन्छ ?
सिद्धान्ततः सहकारी कुनै पनि अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो, त्यसमा कसैको दुई मत छैन । त्यसमा पनि हाम्रो देशको सन्र्दभमा कुरा गर्दा सहकारी अभियानको उर्लदो भेल तथा सहकारीको नेपाली अर्थतन्त्रमा देखिएको आरोही विकास क्रमले यसलाई थप पुष्टि गर्दछ । आर्थिक विकासको आधार स्तम्भको रुपमा परिभाषित गरेको छ, तर प्रसँग यो छ कि नेपाली अर्थतन्त्रमा सहकारीको स्थान के हो ? यो प्रष्ट छैन् । न त नीजि क्षेत्र सहकारी लाई स्वीकारेको छ, न त राज्यले प्रष्ट रुपमा सहकारी अभियनलाई अगाडी वढाएको नै छ । तथापी सहकारी अभियान तिव्र गतिमा आगडी बढेको तथ्य पुष्टि गर्न हाल नेपालमा रहको सहकारी तथा सहकारीमा आवद्ध सदस्यहरूको संख्याको विश्लेषण मात्रै काफी छ ।

देशको आर्थिक विकासमा सहकारीले के योगदान पुर्याएको छ जस्तो लाग्छ ?
यसको अध्ययन अनुुसन्धान जरुरी छ । नेपालमा आधुनिक सहकारी अभियानको सुत्रपात भएको ६ दशक पुरा भईसकेको छ । विरलै होला सहकारीको प्रभावका बारेमा गरिएका अध्ययन अनुसन्धानहरू । यसको विश्लेषण बिना सहकारीको योगदान को चर्चा मन गणन्ते लेख सिवाय केही हुन सक्दैन । साँच्चिकै सहकारी अभियान मार्फत देशको सामाजिक आर्थिक विकासको मार्ग खोजिने हो भने समय सापेक्ष रुपमा सहकारीको प्रभावको अध्ययन अनुुसन्धान निरन्तर जरुरी छ । द्धघद्धघछ तर सहकारीको प्रयोग सही तवरले गर्न सक्नु पर्दछ, गर्ने वातावरण बनाईनु पर्दछ । यो मुठ्ठिभर व्यक्तिको आर्य आर्जनको साधन भन्दा आम जनताको सामाजिक आर्थिक बिकासको साध्य बनाईनु पर्दछ । यसका निम्ति सम्वद्ध सवैको त्तपरता जरुरी छ ।

नेपालको सहकारी अभियान संस्थागत हुन नसकेकै हो ?
सस्थागत हुन नसकेको भन्न मिल्दैन । कुनै पनि संघ/संस्था संस्थागत छ छैन भनेर मापन गर्ने धेरै आधार हुन्छन् । सहकारी सस्थागत छन् कि छैन्न भन्ने विषयमा कुरा गर्दा मूलत चार कुराहरू मह्त्वपूर्ण हुन्छन् । पहिलो : कनुनी वैद्यता, जहाँ सम्म यो पक्षबाट हेर्दा नेपालका सम्पूर्ण सहकारी संस्थागत छन् । दोश्रो : व्यावसायिकता, सहकारी आफ्नो व्यावसायिक धर्म तथा सिद्धान्तमा कत्तिको अविचलित छ यो अध्ययनको विषय हुन आउछ । तेस्रो : सदस्यहरूको सन्तुष्टि, सहकारी प्रति सदस्यहरू कत्तिको सन्तुष्ट छन् र चौथो : सहकारीको प्रभाव, सदस्य तथा समुदायको सामाजिक–आर्थिक विकासमा सहकारी कत्तिको प्रभावकारी छन् । यी चार कुराको मूल्याङ्कन नै नेपाली सहकारी सस्थागत छन् कि छ्रैन्न त्यसको मापन को आधार हुन् । अब आफै मूल्याङ्कन गर्नुहोस् नेपाली सहकारी कत्तिको सस्थागत छन् या छैन्न ।

सहकारीहरू सिद्धान्त, मूल्य, मान्यताअनुसार चलेको पाउनु भएको छ ?
सहकारी आफैमा एक कानुनी तथा सामुदायिक संस्था भएकोले सहकारीको ऐन, विद्यान तथा अन्तराष्ट्रिय सिद्धान्त अनुरुप निसन्देह चल्नु पर्ने हुन्छ । कानुनी हिसाबमा त चलेका छन् तर सहकारी सामुदायीक संस्था भएकाले कानुनी आधारमात्रै पूर्णता होईन । सहकारी सञ्चालनको जुन नैतिक धरातल हुन्छ, त्यो पनि महत्वपूर्ण हुन्छ । यसमा सायदै कम मात्र सहकारी चलेका छन् । तर सहकारी अभियान लाई साँच्चिकै देशको सामाजिक आर्थिक विकासको एउटा दरिलो खम्बाको रुपमा नेपाली अर्थतन्त्रमा खडा गर्ने हो भने कम्तिमा पनि सहकारीहरू देशको प्रचलित ऐन, नियमको परिधि भित्र नीतिगत रुपमा मात्र नभई कार्यगत रुपमा चल्नु पर्दछ । अन्तराष्ट्रि«य सिद्धान्तलाई अक्षरस पालना गर्नु पर्दछ । सहकारीको सिद्धान्त, मूल्य मान्यता भनेकै सदस्य तथा समुदायको सामाजिक आर्थिक समृद्धि हो । यसलाई अङ्गिकार गरे सबै कुरा समेटिन्छ ।

सहकारीहरू बचत तथा ऋणको मात्रै कारोबार गर्ने गरेका छन् । के सहकारीले बैंक तथा वित्तिय संस्थाहरू झै कारोबार गर्ने हो ?
सहकारीले वित्तिय कारोवार नै गर्न हुन्न भन्ने होइन । सहकारीले गर्ने विभिन्न कार्य मध्ये वित्तिय कारोवार पनि प्रमुख हो । आज स–सान आय भएका मनिसहरू तथा सान व्यावसायीको बचतको स्तर सहकारी मार्फत वढेको छ । साना बचत कर्ताकालागि सहकारी बचतको सहज माध्यम बनेको छ । त्यसो त स–सान कर्जामा पनि केही सहजता सहकारीले ल्याएको छ । फलस्वरुप मानिसलाई साना व्यावसायी पनि बनाएको छ । स्वरोजगार बनाएको छ । यो बचत तथा ऋण सहकारीको सवल पक्ष हो । तर बैक तथा वित्तिय सस्थाले झै वित्तिय कारोवार गर्नु चाँही गलत हो । सहकारीको वचत तथा ऋण पद्धतीमा केही समस्या अवस्य छन् । जस्तो व्याज दरमा एक रुपताको कमी तथा बचत र ऋणको व्याजको दरमा ठूलो अन्तर तथा मानोमानी । सहकारीको कारोबार सदस्यमा मात्र समित हुन्छ, त्यसो हो भने आफ्नो सदस्यहरूमा कर्जा प्रवाह गर्दा किन ठूलो धितो जरुरी छ ? आफ्नै सहकारीमा कर्जा लिन सेवा शुल्क किन तिर्ने ? यी मुद्दाको बहस तथा सम्वोधन जरुरी छ । अर्को तर्फ मूलत व्यावसायी कर्जा प्रवाह धितोको ओजन हेरेर हैन लगानीको सम्भावनाको आधारमा गर्नु पर्दछ भन्ने मेरो वुझाई छ । अव सहकारीले व्यावसायिक कर्जा प्रवाहा गर्दा “प्रोजेक्ट प्रोस्पेक्टस्” को आधारमा गर्नु पर्दछ । जसले गर्दा धितो राख्ने हैसियत नभएका पौरखी हातहरू माझपनि लगानी गरेर स्वरोजगार हुन अवसर सहकारीले प्रदान गर्न सकोस् । त्यस्तै निक्षेप सुरक्षाको समस्या जस्ता विविध समस्याहरूवाट आक्रान्त भने छ ।
यो चाँही सत्य हो कि बचत तथा ऋण सहकारीमा केही सुशासन तथा नियमन पक्कै जरुरी छ । यस्ता केही कुराको सम्बोधन हुने हो भने बचत तथा ऋण सहकारीहरूमा लाग्ने गरेका बैंक तथा वित्तिय संस्थाको छोटे भाइको बिल्ला पनि हट्ने छ । सहकारीको आफ्नो पहिचान स्थापित हुनेछ ।

२०५५ सालदेखि सहकारीमा समस्या देखिएको हो । हालसम्म आइपुग्दा समस्याले ठूलो रूप लिएको छ । यसमा सहकारी अभियान र राज्यले चासो नदेखाएका हुन् ? समस्यालाई समाधान कसरी गर्न सकिएला ?
आधुनिक नेपाली सहकारीमा समस्या २०५५ देखी होईन सुरु देखीनै छ । तर नेपाली सहकारीको समस्या जटिल प्रकृतीको भने छैन् । मेरो बुझाईमा नेपाली सहकारीमा चार समस्या छन् । पहिलो : समय सापेक्ष सहकारी ऐन तथा नियमावलीको संसोधन तथा परिर्माजनको अभाव । दोश्रो : नेपाली अर्थतन्त्रमा सहकारीको स्थान प्रष्ट नहुनु । तेस्रो : पिछडा वर्गको सहकारीमा पहुँच अत्यन्त कम हुनु र चौथो : आधुनिक सहकारी अभियानको दशा र दिशाको बारेमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान को कमी ।

नेपालको अन्तरिम संविधान–२०६३ ले सहकारीलाई दिएको संवैधानिक पहिचान पश्चात सहकारी अभियानको वेग अत्यन्त तीब्र भएको छ । अब यो ब्याक हुने अवस्थामा छैन् । तसर्थ सहकारी अभियानलाई अब सही हिसाबले सम्बोधन गरी अविलम्ब व्यवस्थित गर्न पर्दछ । यसका निम्ति नीतिगत हिसाबमा राज्य वा सम्वद्ध नियकायको मूलत तीन कुराको सम्वोधन याथाशिघ्र जरुरी देखिन्छ । पहिलो : प्रचलित सहकारी ऐन संसोधन या परिमार्जन, दोश्रो : समावेशी सहकारीको अवधारण सहितको सहकारी सञ्चालन कार्यविद्यी, नियमावली र तेस्रो : सहकारी जोखिम व्यवस्थापन सहितको आर्थिक नियमावली । यसका अतिरिक्त समय सापेक्ष सहकारीको प्रभाव तथा प्रभावकारीता अध्ययन तथा अनुसन्धानको निम्ति अलग सेलको स्थापना गर्नु जरुरी छ ।

सहकारी सामाजिक उपयोगिताको क्षेत्रमा जानु पर्ने हो । त्यस अनुरूप जान सकेका छन् त ?
सामाजिक उपयोगिताको क्षेत्र नेपाली सहकारीको उपस्थिती नगन्य छ । लघु, जल विद्युत, सञ्चार, स्वास्थ्य, ग्रामिण पुर्वाधार आदि जस्ता क्षेत्रमा नेपाली सहकारीको नजर सम्म पुग्न सकेको छैन । नेपालका सहकारी अभियन्ताहरू यी क्षेत्र सहकारीको प्राथामिकता होइन्न, सरकारको प्राथामिकताका क्षेत्र हुन भन्ने वुझाईमा छन् सायद । तर आधुनिक सहकारीको विश्व परिदृष्य अलग छ । सहकारीले विकसित देखी अल्पविकसित सबै राष्ट्रका सामाजिक उपयोगिताको क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको देखिन्छ । अब यस तर्फ पनि सोच्ने बेला आएको छ । नेपालीमा आधुनिक सहकारी अभियानले छ दशक पार गरेको भएता पनि सहि रुपमा सहकारी अभियानले गति लिएको २०६३ सालमा संवैधानि पहिचान पश्चात् हो । तर्सथ आउँदा दिनहरूमा सहकारीबाट सामाजिक उपयोगिताको क्षेत्रको विकासको आशा गर्न सकिन्छ ।

सहकारीका सुन्दर पक्ष के हुन् ?
नीजी क्षेत्रले कम नाफाको कारण उपेक्षा गरेको तथा विकटताका कारण राज्यको दृष्टि कम पुगेको ठाँउका मनिसहरू वीच आपसी सहकार्यमा आफ्नो तथा समुदायको सामाजिक–आर्थिक गतिविधी सञ्चालन गर्ने सामुदायीक माध्यम सहकारी हुन सक्छ । यो नै सहकारी अभियानको अति सुन्दर पक्ष हो ।

यसका अतिरिक्त सदस्यहरूको बीचमा आर्थिक कृयाकलाप, सहकार्य, प्रजातान्त्रिक प्रणालीको विकास, समावेशिता तथा सहभागिता आदिका मध्यामबाट समुदायको आर्थिक सशक्तिकरण तथा समाजिक रुपान्तरण नै सहकारीको राम्रो पक्ष हो । यि नै उद्देश्यले सहकारी अभियनलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।

नेपालको सहकारी अभियान कुन रूपमा अघि बढेको पाउनु भएको छ ?
नेपाली सहकारी अभियान एकाध अपवद वाहेक समग्रमा राम्रोसँग अगाडी बढेको छ । यसमा सही दिशा निर्देशनको जरुरी छ । जसका लागि सम्बन्धित निकायबाट छिट्टै नै सम्वोधन होल ।

सहकारीका मुख्य समस्या के हुन् ?
हाम्रो सहकारी अभियान खासै समस्या ग्रस्त छैन्न । यो अन ट्रयाक नै छ । खाली सहि नियमन तथा व्यवस्थापनको अभावमा केही भड्किएको हो । सम्वन्धित निकाय सम्वेदनशिल भई रहेको छ, केही नीतिगत सुधार छिट्टै होला । त्तपश्चात सहकारीमा देखिएका केही विसँगतीहरू आफै हराएर जान्छन् । सहकारी सम्वन्धि व्यापक जनचेतान अभिबृद्धि गर्नु पनि जरुरी छ ।

चुनौती के छन् त ?
सहकारीको मूख्य उद्देश्य सदस्य तथा समुदायको सामाजिक अर्थिक विकास गर्नु हो । तर्सथ नेपाली सहकारीको मुख्य चुनौती सदस्यको समाजिक आर्थिक विकास गर्दै समग्र देशको विकासमा टेवा पु–याउनु हो ।

अन्त्यमा… ?
सहकारीले प्राप्त गरेको संवैद्यानिक पहिचानलाई सस्थागत गर्दै सहकारीलाई संविधानले परिकल्पना गरे झै साँच्चिकै देशको विकासको आधार स्तम्भको रुपमा खडा गर्ने हो भने नेपाली सहकारी अभियानलाई मुठ्ठिभर संभ्रान्त वर्गको आर्जनको साधन भन्दा पनि समग्र सदस्य तथा समुदायको विकासको माध्यमको रुपमा अगाडी बढाउनु पर्दछ । यसका निम्ति सम्पूर्ण सरोकारवालाले सहकारीलाई सम्मानित बनाउने तर्फ ध्यान दिनु पर्दछ ।



प्रतिक्रिया दिनुहोस