१६ चैत्र २०८०, शुक्रबार

रामकोट बचत तथा ऋण सहकारी संस्था लि. धादिङ :- एक झलक

१६ फाल्गुन २०७१, शनिबार
रामकोट बचत तथा ऋण सहकारी संस्था लि. धादिङ :- एक झलक

१. संस्था दर्ता नं. : १२५/०६६/०६७

२. संस्था दर्ता मिति : २०६६/०७/१०
३. संस्थाको सम्पर्क फोन नं. : ०१०­५२११३३
४. संस्थाको अध्यक्ष : हेमराज श्रेष्ठ
५. कुल शेयर पूजी : १५,८९,५००।००
६ कुल लगानिमा रहेको ऋण : ९६,५६,९२८।००
७. ऋण जोखिम कोष व्यबस्था : १,६४,३८१।००
८. शेयर सदस्य संख्या : ५७१ जना
९. संस्थाको कार्यक्षेत्र : नीलकण्ठ नगरपालिका
१०. संचालक समिति : ९ जना
११. महिला : ३२६ जना
१२. पुरुष : २४५ जना
१३. निर्वाचन मिति : २०७०।०५।३०
१४. कार्यकाल : ३ वर्ष
१५. पछिल्लो साधारण सभा भएको मिति : २०७०।०५।३०
१६. व्यवस्थापक : श्री राजकुमार श्रेष्ठ
१७. ऋण लगानीमा लिने ब्याज : १५ प्रतिशत
१८. बचतमा दिने ब्याज : ९ प्रतिशत(औषत)
१९. लेखापरीक्षक : श्री परशुराम सुवेदी

सदस्य सेवा तथा सामाजिक कार्य :-
१. गत वर्ष देखि सदस्यहरुको हितलाई ध्यान दिँदै सदस्यको सन्तान प्राप्ती भएमा मातृशिशु स्याहार कार्यक्रम अन्तर्गत प्रती व्यक्ति रु. ५०० प्रदान गर्ने निर्णय भएकोमा चालु आ.व. मा २ जना हाल सम्म ९ जना र दिनुपर्ने बाँकी ६ जना रहेका छन् ।

२. यस वर्ष देखी यस सहकारीका सदस्यहरुको असामहिक स्वार्गारोहण भएमा हामी सबै सहकारीको सदस्यहरुको तर्फबाट श्रदाञ्जली स्वरुप रु २००० प्रदान गर्दै आएका छौँ । र यस वर्ष १ जनालाई प्रदान गरिएको छ ।

३. यस वर्ष गत वर्ष अव्यावस्थित र झन्डै झन्डै खारेज हुने अवस्थाबाट गुज्रियको हटिया लिफ्ट तथा मुरलीभञ्ज्याङ वृहत खानेपानीलाई प्रदान गरिएको रु. २,००,००० ऋण सबै चुक्ता गरेको अवगत गराउन चाहन्छु ।

४. ससाहडाँडा निबुवावारी सामुदायिक वन उपभोक्ता समितिको सामुदायिक भवनको लागि १ थान हिलट्याङ्क प्रदान गरिएको छ ।

५. गत आर्थिक बर्षबाट शेयर सदस्यहरुलाई लागु हुने गरि रु. ५०,००० को आकस्मिक कोष ब्यवस्था गर्ने निर्णय गरेको छ । जुन ठुला खालका अप्रेशन, दुर्घटनामा १ महिनाका लागि कुनै पनि रकम ब्याज र सेवा शुल्क नलिने गरि प्रदान गरिएको थियो तर यस वर्ष कोहि सदस्य पनि उक्त सुविधा लिन सहकारी आउनु भएको छैन ।

६. यस आर्थिक वर्ष देखी सहकारीहरु बीच आपसी समन्वय तथा सहकारीको सदस्यहरुलाई सेवा प्रदान गर्ने मुल उदेश्यले यस रामकोट बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई ग्रामिण यातायात सहकारी सँग धादिङ काठमाण्डौ र धादिङ गाडि भाडामा १७ प्रतीशत छुटको व्यवस्था मिलाइएको छ । जसका लागि तपाईहरुले सहकारी कार्यालयबाट सहकारी परिचय पत्र लिनु पर्ने हुन्छ ।

आर्थिक प्रतिवेदन :- आर्थिक बर्ष २०७०/०७१ 
आम्दानी तर्फ :-
यस बर्ष कुल आम्दानी १४ लाख ६१ हजार ८ सय अठसठ्ठी रुपैँया भएको छ । जसमा प्रवेश शुल्क १८ हजार ८ सय रुपैँया, ऋण लगानी बाट ब्याज ११ लाख २३ हजार ६० रुपैँया, बैकबाट ब्याज आम्दानी ३८ हजार ५ सय १६ रुपैँया, धितो मुल्याङ्कन बापत १४ हजार, सेवा शुल्क १ लाख १५ हजार १ सय १५ रुपैँया, ऋण लगानीमा जरिवाना १ लाख २९ हजार ६ सय चौहत्तर रुपैँया, सञ्चालक समितिबाट बैठक जरिवाना ५ हजार ५ सय ८८ रुपैँया र कर्मचारी कोष वितरण १७ हजार १ सय १५ रुपैँया भएको छ । गत आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्षमा ३६ प्रतिशतले कुल आम्दानी बृदि भएको छ । भने यस आर्थिक वर्षबाट धितो मुल्याङ्कन आम्दानी लिन शुरु गरिएको हो ।

खर्च तर्फ :-
यस बर्ष कुल खर्च ११ लाख ७ हजार ४ सय ९८ रुपैँया भएको छ । जसमा प्रत्याक्ष खर्च तर्फ ब्याज खर्च ५ लाख १९ हजार ४ सय ११ रुपैँया, धितो मुल्याङ्कन खर्च ६ हजार भएको छ । त्यसैगरी अप्रत्यक्ष खर्च तर्फ सञ्चालन खर्चमा मशलन्द तथा स्टेसनरी खरिद १९ हजार ७ सय ६७ रुपैँया, छपाई खर्च ३८ हजार ६ सय ८७ रुपैँया, कार्यालय भाडा २० हजार, टेलीफोन खर्च २१ हजार १ सय ६३ रुपैँया, मर्मत खर्च २१ हजार ३ सय रुपैँया, गत वर्षको वार्षिक साधारण सभा खर्च ४१ हजार ३ सय ९० रुपैँया, कार्यालय खाजा खर्च २१ हजार ६ सय २२ रुपैँया, इन्टरनेट १२ हजार २ सय ४ रुपैँया, विधुत महशुल १ हजार ५ सय, सञ्चालक समिति अनुगमन तथा अतिथि खर्च ४ हजार ४ सय, पत्रपत्रिका खर्च ७ हजार २ सय २५, बैँक दस्तुर १ सय, सामाग्री ढुवानी तथा यातायात खर्च १६ हजार , संस्था दर्ता तथा नविकरण ६ हजार ९ सय ६९ रुपैँया, लेखा परिक्षण खर्च ५ हजार, विविध खर्च २ हजार १ सय २० रुपैँया भएको छ । यसै गरी कर्मचारी प्रोत्साहन खर्च तर्फ पारिश्रमिकता २ लाख ६८ हजार ४ सय ६०, कर्मचारी बोनस १७ हजार १ सय १५, समिति बैठक खर्च १८ हजार ३ सय ८० र अन्य उप समितिहरुको बैठक खर्च २० हजार ६ सय रुपैया, दैनिक भ्रमण खर्च ७ हजार ९ सय ४५, समुह बैठक यातायात खर्च २ हजार ६सय ४० भएको छ ।
यसै गरी गैर नगद खर्च अन्तर्गत ह्रास खर्च ३० हजार ६ सय ८४ र ऋण जोखिम कोष व्यवस्थापन १ लाख १० हजार १ सय ३१ रुपैँया भएको छ । भने यस वर्ष देखी यस रामकोट बचत तथा ऋण सहकारी संस्थाले सदस्यको हितको लागि सामाजिक सेवा कार्यमा पनी खर्च गर्न शुरु गरेको छ । जसमा मातृशिशु स्याहार वापत अषाढ मशान्त सम्म २ जना लाई रु. १ हजार, ससाहडाँडा निवुवावारी सामुदायिक वनको भवनमा १ थान हिलट्याङ्क सहयोग ४ हजार ५ सय र १ जना सदस्यको असामहिक निधनको श्रदाञ्जली वापत २ हजार खर्च भएको यहाँहरुलाई जानकारी गराउँदछु ।

पुँजी तथा दायित्व विवरण तर्फ :-

आर्थिक वर्ष २०७०÷७१ को अषाढ मशान्त सम्ममा कुल पुँजी तथा दायित्व १ करोड ११ लाख ९३ हजार ८ सय ९६ रुपैँया भएको छ । जुन गत बर्षको तुलनामा ७० प्रतिशतले बृद्धि भएको हो । जसमा कुल शेयर पुँजी १५ लाख ८९ हजार ५ सय, जगेडा कोष २ लाख ३५ हजार ९ सय १९, अन्य कोष हिसाबमा ३ लाख १४ हजार ६ सय ३८, सदस्यहरुबाट बचत प्राप्ति ८८ लाख ४५ हजार ६ सय ३० रुपैँया, ऋण सुरक्षण कोष १ लाख ६४ हजार ३ सय ८१, भुक्तानी दिनुपर्ने हिसाब ४३ हजार ८ सय २८ रुपैँया रहेको छ ।

सम्पती तथा लगानी विवरण तर्फ :-
यस आर्थिक वर्षमा कुल सम्पती तथा लगानी १ करोड ११ लाख ९३ हजार ८ सय ९६ रुपैँया रहेको छ । जसमा ऋण लगानी ९६लाख ५६ हजार ९ सय २८ रुपैँया, अन्य संस्थाको शेयर खरिद २ हजार, फर्निचर ३३ हजार ९ सय ६९ , कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामाग्री ३१ हजार ५ सय ७३, पाउनु पर्ने हिसाब २ लाख ६४ हजार २ सय ७५ , बैक मौज्दात ९ लाख ९ हजार ८ सय ८१ रुपैँया र नगद मौज्दात रु. २ लाख ९५ हजार २ सय ७० रहेको छ ।

संस्थाको नाफा तथा सो को वितरण :-
यस आर्थिक बर्षमा कुल आम्दानी १४ लाख ११ हजार ८ सय ६८ रुपैँया भएको छ । भने कुल खर्च १२ लाख ४८ हजार ३ सय १४ रुपैँया भएको छ । जसबाट खुद मुनाफा २ लाख १३ हजार ५ सय ५४ रुपैँया भएको छ । खुद नाफामा बर्षको तुलनामा यस बर्ष ३० प्रतिशतले कमी भएको छ । जसको कारण यस वर्ष कुल ऋण लगानीमा वृदि भई रु. १ लाख १० हजार १ सय ३१ रुपैँया ऋण सुरक्षण कोष व्यवस्था गर्नु पर्ने सहकारी मापदण्डले केहि घटेको भएता पनी कुल सम्पतीमा ७० प्रतिशतले वृदि भएको छ । उक्त रकम मध्ये यस संस्थाको विनियम २०६६ ले व्यावस्था गरे अनुरुप यस बर्ष जगेडा कोषमा ५३ हजार ३ सय ५२, शेयर लाभांस कोषमा ३२ हजार ३३, संरक्षित पुँजीफिर्ता कोष ६४ हजार ६६, कर्मचारी बोनस कोष ८ हजार ८, सहकारी विकास कोष २४ हजार २५, सहकारी शिक्षा कोष १६हजार १७ , घाटापुर्ती कोष ८ हजार ८ र डुवन्त ऋण कोष ८ हजार ८ रुपैँया यस वर्ष व्यवस्था गरिएको छ ।

अभिलेख

लोकप्रिय