कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

नयाँ दिल्ली । सम्भवतः सबैभन्दा नवीन, अहिलेसम्म सबैभन्दा पारदर्शी, प्रशासकीय व्यवस्थापनमा सजिलो किसानहरूका लागि डिजाइन गरिएको बीमा सेवा ईफ्को–टोकियो किसान बीमा योजना हो । भारतीय किसान मल सहकारी(ईफ्को) र जापानको प्रशिद्ध बीमा कम्पनी टोकियो बीमा कम्पनी बीच संयुक्त परियोजनाका रूपमा भारत्यि किसानका लागि सङ्कटहरण बीमा योजना(एबीवाई) ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सन् २००१ देखि गरिएको हो । यो उएटा सफल किसान बीमा कार्यक्रमका रूपमा स्थापित रहेको छ ।

ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सङ्कटहरण बीमा योजना(एबीवाई) सुरु गरेको १० वर्ष भएको छ । झण्डै ८० लाख किसानहरू बीचमा यो कार्यक्रम पुगेको छ । यो कार्यक्रम सहज र सरल तरिकाले किसानहरूको दुर्घटना र जोखिमको बीमा उनीहरूले मल खरिद गर्दा नै हुने योजना भएका कारणले यो एउटा नवीन कार्यक्रमका रूपपमा रहेको छ ।

किसानले मलको ५० केजीका बोरा खरिद गर्दा ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले ७४ रूपैया आफ्नो सङ्कटहरण बीमा योजना(एबीवाई)का लागि राख्छ । यसबाट ४००० को बीमा किसानको हुन्छ । यसको लागि कुनै शुल्क लाग्दैन र पप्रत्येक एक बोरा मलबाट एक रूपपैया प्रिमियम जम्मा हुन गर्दछ । २५ ब्याग मल एक आथिएक वषएमा खरिद गरेपछि किसानले अधिकतम एकलाख बरावरको बीमा हुन्छ । किसानले एक वर्षमा २५ बोरा मल किन्नु पर्ने हुन्छ एक लाख बीमा पाउन । एक बोरा मल खरिद गर्ने किसानले दुर्घटना बापत मृत्यु भएमा ४००० रकम पाउँछन । स्थायी रूपमा घाइते भएमा प्रति बोरा २००० का दरले पाउँछन । एउटा हात वा एउटा आँखा बिग्रेमा बोराको १००० का दरले पाउँछन । एबीवाईको यो कार्यक्रम किसानका लागि असल साथी बनेको छ ।

किसानका लागि लागु गरिएको सङ्कटहरण बीमा योजना(एबीवाई)को बीमा का लागि कुनै लम्बे चौडे कागजपत्र चाहिदैन, मल खरिद गरेको पर्चालाई नै प्रमाणका रूपमा राखेर दावी गरेपछि किसानले पपाउनु पर्ने बीमा रकम दिइन्छ । सन् २००१ देखि हालसम्ममा १०,००० किसानले झण्डै ६० करोड रूपैया सङ्कटहरण बीमा योजना(एबीवाई)को रकम लिई सकेका छन् ।

सङ्कटहरण बीमा योजना (एबीवाई) एउटा ब्राण्डिङ रणनीति :
भारतीय किसान मल सहकारी(ईप्mको)को मलको उत्पादन ११ मिलयिन टन अर्थात २२ करोड बोरा वार्षिक रूपमा किसानका बीचमा पुग्ने गर्दछ । यसबाट आई टीजी आई)को सङ्कटहरण बीमा योजना(एबीवाई) को ब्यापक विज्ञापन ग्रामीण किसानहरू बीचमा हुने गर्दछ । कार्यक्रमका सी ई ओ मिस्टर एस. नारायनन्का अनुसार – “यो ब्यापकताबाट अन्य उत्पादन र कार्यक्रमको शाख ठूलो जनसमुहको यो बजारमा पुग्न सक्ने छ ।” जस्तै– पशु बीमा योजना ‘पसुधन बीमा योजना(पी बी वाई)’, मौसम अनुसारका कार्यक्रम ‘वारिस बीमा योजना(बीबीवाई), मौसम बीमा योजना(एम बी वाई) ।
पी बी वाई का लागि रेडीयो फ्रिक्वेन्सी आइडेन्टीफिकेशन(आर एफ आई डी), पपशसधन आइडेन्टीफिकेशनका लागि चिप्स, पित्तल तथा प्लास्टिकका ट्यागहरू किसानहरूलाई पशुधनको पहिचान गर्न उपयोग गरिन्छ । आर एफ आई डी प्रणालीमा निश्चित कोड वा नम्वर वा कुनै अक्षर वा कुनै सङ्केतका आधारमा पसुधनको रेडीयो आइडेन्टीफिकेशन गर्ने प्रणाली अपनाइन्छ । आर एफ आई डी प्रणालीबाट ठूला दुग्ध उत्पादक फारम वा पशु पालन फारमको व्यवस्थापनमा राम्रो व्यवस्थापन सहयोगी प्रणालीका रूपमा उपयोग गर्न थालिएको छ । रेडीयो फ्रिक्वेन्सी तथा ट्याग सिस्टमको उपयोगले थारो, दुध दिने, ब्याउने, गर्भाधान गरिएका, खोप दिइएका आदि पशुको पहिचान र रेकर्ड सिस्टम अपडेट गर्न प्रयोगमा ल्याइन्छ । बीमा प्रयोजनका लागि पनि पशुधन पहिचान गर्ने काम महत्वपूर्ण हुने गर्दछ । सहकार्य र एजेन्सी



प्रतिक्रिया दिनुहोस