इबोलाबाट ८१ करोड डलर क्षती

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुकमा ६ महिना अघि देखा परेर पछिल्लो समय व्यापक बनेको इबोला भाईरस संक्रमणले विपन्न तीन मुलुकमा ८१ करोड अमेरिकी डलर बराबर आर्थिक क्षती हुने अनुमान गरिएको छ ।

संक्रमणबाट बढी प्रभावित सियरा लियोन, लाईबेरीया र गिनीले मात्रै सन् २०१५ सम्ममा ८० करोड ९० लाख अमेरिकी डलर क्षती बेहोर्नुपर्ने छ । यी मुलुकहरु अफ्रिकामा सबैभन्दा गरिब मानिन्छन् ।

भाइरस संक्रमणको असर अर्थतन्त्रमा देखिन थालीसकेको छ । ती देशको आयात–निर्यात र खेतीपाती प्रभावित भएको छ ।

रोपेको बाली खेतमै कुहीन थालेको बताइएको छ । व्यापारीक कारोबार बन्द छन् भने वायुसेवाहरुले उडान रद्द गराएका छन् ।  आर्थिक गतिविधिमा घट्दा थुप्रै मानिसको रोजगारी गुमेको छ ।

संक्रमणका कारण त्यहाँका खानीहर बन्द भएका छन् । उत्पादन बजारमा पुग्न सकेका छैनन् । इबोला प्रभावित क्षेत्रमा सामान किन्न र त्यस क्षेत्रमा आफ्ना उत्पादन पठाउन पनि नसकिएका समाचार आइरहेका खबर आजको नागरिक दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस